तुलसीपुर १० जेठ/ सिमानाका र जारी निशेधाज्ञा दुबैमा कडाई नगरे स्थिती सहज नहुने लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले चेतावनी दिनु भएको छ । उहाले यी दुबै काम सम्वन्धित जिल्लाका सुरक्षा अंगले तत्काल ब्यवस्थित पार्नु पर्ने औल्याउनु भएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले नाकामा थप कडाई गर्न आबश्यक रहेको वताउनु भयो ।
रिपोर्टस् क्लब दाङले तुलसीपुरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो वताउनु भयो ।अहिले नाकामा कडाई हुन नसकेको भन्दै यसले कोरोना न्यूनिकरणमा चुनौति थपेको औल्याउनु भएको हो ।मन्त्री श्रेष्ठले आफू अहिले प्रदेशका सबै कोरोना अस्पताल तथा आइसोलेशनहरुको अनुगमनका क्रममा जिल्ला–जिल्ला पुग्दा प्रभाबकारी काम भएको पाईएको समेत वताउनु भयो । क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उनले स्थानीय तहले कोरोना व्यबस्थापनमा खेलेको भूमिका प्रशंसनीय रहेको भन्नु भयो ।
लुम्बिनी प्रदेशमा स्वास्थ्यमा करिब ५७ करोड बजेट केन्द्रबाट मगाएको भन्दै यसले थप सहज हुने समेत वताउनु भयो। मन्त्री श्रेष्ठका अनुसार अहिले पनि धेरै संक्रमित होम आईसोलेशनमा रहेको भन्दै उनीहरुलाई चिकित्सकले निगरानी राख्नुकासाथै नियमित अनुगमन गर्नुपर्ने वताउनु भयो । नियमित निगरानी र अनुगमन नहुँदा अहिले संक्रमितहरुको अबस्था जटिल बन्दै गएको समेत वताउनु भयो ।
मुलुकमा तेस्रो भेरियन्ट संक्रमणको समेत खतरा रहेको भन्दै यसमा ख्याल गर्नुपर्ने अबस्था आएको समेत उहाँले बताए । अहिले लुम्बिनी प्रदेशमा पनि अक्सिजनको अभाब भने कायम रहेको बताए । अहिले लुम्बिनीमा करिब ३५ सय अक्सिजन सिलिण्डर छ, त्यति मात्रै प्रयाप्न नभएको उनको भनाई छ । लुम्बिनीमा करिब २१ सय सिलिण्डर अक्सिजन आपूर्ति गर्न सहज भएपनि २४ सय सिलिण्डर अक्सिजन बाहिरबाटै ल्याउनु पर्ने अबस्था रहेको समेत बताए । नेपालगञ्जले केही सहज बनाएको भएपनि त्यतिले मात्रै नपुग्ने भएकाले सुनसरी, ईटहरीबाट ल्याउनुपर्ने अबस्था रहेको मन्त्री श्रेष्ठको भनाई छ ।
अहिले घर–घरमा सिलिण्डर डम्प हुने र संक्रमितले अक्सिजन नपाउने अबस्था छ, यसलाई अन्त्य गरि घरमा रहेको सिलिण्डर अस्पतालमा ल्याउनु पर्ने समेत भनाई थियो । अहिले लकडाउन पनि फितलो भएकाले यसले पनि कोरोना संक्रमणको जोखिम बढाएको भन्दै यसलाई प्रभाबकारी बनाउन आबश्यक रहेको मन्त्री श्रेष्ठको भनाई छ ।कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष केसीले गरेका थिए ।
प्रतिक्रिया