अर्घाखाँची ११ जेठ । आफैले खोप किनेर जनतालाई बचाउन अर्घाखाँचीका पालिकाहरु लाग्ने भएका छन् । जसका लागि उनीहरुले आश्यक निर्णय गरेका छन् । ब्यावसायीक प्रयोजनका सस्थावाट खोप किन्ने उनीहरुको तयारी छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको भन्दै सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले कोरोनाविरुद्धको खोप किन्ने योजना बनाएका हुन् ।
पालिकाभित्र संक्रमितको संख्या दिनदिनै थपिदै गएपछि सबै पालिकाले कोरोना विरुद्धको खोप किन्ने योजना थालेको छन् । ति सबै पालिकाले केही दिनमा बैठक बसी कोभिड भ्याक्सिन खरिदको लागि केन्द्र सरकारसँग अनुमति माग्ने बताएका छन् । सबै पालिकामा अब बस्ने बैठकले संघीय सरकारसँग कोभिडविरुद्धको भ्याक्सिन माग गर्दै यदि उपलब्ध गराउन नसके अनुमति दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्न आन्तरिक छलफल भएको बताइएको छ ।
सबै स्थानीय तहको एउटै भनाई छ । यो महामारी अब हामीले मात्र थेग्न सक्ने अवस्था छैन,’ कि त संघ सरकारले आवश्यकता अनुसार हामीलाई कोरोनाको खोप दिनुपर्यो । यदि दिन सक्दैन भने, अनुमति दिनुपर्यो । हामी आफ्नै खर्चले खोप किन्छौं ।’ महामारीको बेलामा आफ्ना जनतालाई खोपको अभावमा अकालमै मर्न दिदैनौ । कमिसन नदिने गरी जहाँको छिटो आउँछ त्यहीको खोप ल्याउछौं ।
साथै जिल्लाबासीले पनि आफैं पैसा तिर्ने गरी पालिकालाई खोप ल्याउन माग राखेका छन् । उता पालिकाले के(कति खोप खरिद गर्ने, र कति रकम लाग्ने भन्ने आफ्नै ( आफ्नै तरिकाले आन्तरिक छलफल गरिरहेका बताइएको छ । भारत र चीन दुवैतर्फको खोप ल्याउन पहल गरिने उनिहरुले बताएका छन् ।पालिकाहरुले खोप खरिदको लागि अहिले बजेट छुट्टाउने अवस्था नआएपनि प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने गरि योजना बनाएका छन् । बजेटको जोहो हुन्छ समस्या छैन ।
विकास बजेट कटाएर भएपनि खोप खरिद गर्ने योजना रहेको ति पालिकाहरुको भनाई छ ।केही दिनमा बैठक बसी प्रक्रियामा जाने र स्थानीय बासिन्दाहरूको लागत निकाल्ने तयारी पनि जिल्लाका ६ वटा स्थानीय तहले गरेका छन् । जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म ४८ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया