अन्तर्राष्ट्रिय

कोरोना विशेष औषधी आयुर क्वाथ बितरण अभियान



कपिलवस्तु १३ जेठ ।कोरोना महामारी संक्रमण फैलिएको बेला कपिलवस्तु आयुर्बेद केन्द्रले कपिलवस्तु नगरपालिका भित्र प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने आयुर क्वाथ नामक औाषधी बितरण अभियान चलाएको छ । कोरोना महामारीको दोश्रो चरण सुरु भए यता दुई साता अघि देखि केन्द्रले सो अभियान चलाएको छ । सो अभियान अन्र्गत अग्रभागमा खटिने स्वास्थयकर्मी , सुरक्षाकर्मी, संचारकर्मीै, कर्मचारी, कोरोना संक्रमित लागायतलाई केन्द्रले निःश्ुःक सो औाषधी उपलब्ध गराएको केन्द्रका प्रमुख डाक्टर प्रबेश श्रीवास्तवले बताउनुभएको छ । 

नगर भित्र होम आईसोलेनमा रहेका रोगीहरुको प्रतिरोधात्मक क्षमता बढाउन नगरमा अभियान चलाइएको उहाले बताउनुभयो ।  अभियानकै क्रममा नगर प्रमुख किरण सिंहलको समन्वयमा केन्द्रले नगर भित्र रहेका १२ स्वास्थय चाकी र आधारभुत स्वास्थ्य केन्द्रमा सो आषधी बितरण गरेको छ । सो औषधी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख उमेश गुप्तालाई हस्तान्तरण गरिएको हो । 

अस्थायी कोरोना अस्पतालमा भर्ना भएका बिरामीलाई केन्द्रका कर्मचारीले झोल बनाई अस्पताल सम्म पुर्याउदैै आएको उहाले भनाई रहेको छ । उता स्वास्थ्य कार्यालय , कपिलवस्तु अस्पताल लागतयमा निकायमा समेत सो औषधी बितरण गरिएको छ । यस्तै पत्रकार महासंघलाइए सय बट्टा सो औषधी उपलब्ध गराइएको छ । रुघा खोकी, ज्वरो लगायतकालागि सो औाषधी उपयोगी छ । केन्द्रका प्रमुख श्रीवास्तवले सो औषधी उपयोगी रहेकोले माग समेत बढेको बताउनुभयो । पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष मनोज पौडेलले अहिलेको समयमा सो औषधी उपयोगी रहेकोले आफुले २ साता यता देखि सेवन गर्दै आएको बताउनुभयो ।

प्रकाशित : १३ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६