प्रदेश

राष्ट्रपति चुरे–तराई मधेश संरक्षणको काम : नदि कटान रोक्दै, स्थानीयको मुहारमा खुसी थप्दै



कपिलवस्तु १५ जेठ ।कपिलवस्तु नगरपालिका वडा नं १२ अकबरपुरको नदि तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरु यतिबेला निकै उत्साहित देखिन्छन । नदिले वर्षेनी कटान गरी आफ्नो खेतीयोग्य जमिन बगरमा परिणत भएर हैरानी खेपिरहेका तथा आफ्नो बस्ती नै विनास हुने त्रासमा बाँचिरहेका स्थानीयहरु नदि नियन्त्रण भएपछि हर्षित भएका हुन् । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले नदि किनारा व्यवस्थापन कार्यक्रम अन्तर्गत १ सय ६८ मिटर नदि नियन्त्रण गरेपछि यस क्षेत्रका १ सय ९५ घरधुरी प्रत्यक्ष रुपमा लाभाम्वित भएका छन् ।

स्थानीय कृषकहरुले नदि नियन्त्रण भएपछि तटिय क्षेत्रमा विभिन्न जातका मौषमी तथा बेमौषमी तरकारी खेती समेत गर्न थालेका छन् । नदि किनारको जग्गामा तरकारी खेती गर्न लागिपरेका स्थानीय कृषक मनिराम हरिजनले तटवन्दबाट नदि नियन्त्रण भएपछि आफुहरुले ढुक्क भएर खेतीपाती गर्ने मौका पाएको भन्दै असिमित खुसी व्यक्त गर्नुभयो । बगरमा परिणत हुनलागेको आफ्नो जमिन जोगिएपछि यस क्षेत्रको स्थानीय कृषकहरु निकै खुसी भएका छन् । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति अन्तर्गतकोे कार्यक्रम कार्यान्वयन इकाई, बुटवल रुपन्देही मार्फत नदि नियन्त्रण भए पछि यस क्षेत्रको खेतियोग्य जमिन तथा गाउँबस्ती थप क्षती हुनबाट जोगिएको कपिलवस्तु नगरपालिका वडा नं. १२ का वडाध्यक्ष ओमप्रकास पाण्डेले बताउनुभयो । 

गत आर्थिक वर्षमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई, बुटवल रुपन्देहीबाट कार्यन्वयन भएका कार्यक्रम मध्य सबै भन्दा ठुलो कार्यक्रम नदि किनारा व्यवस्थापन हो । आर्थिक एवं कार्यक्रमको भारको हिसावले नदि किनारा व्यनवस्थापन नै सबै भन्दा ठुलो कार्यक्रम रहेकोे इकार्ई प्रमुख अजय कार्कीले बताउनुभयो । यस कार्यक्रम अन्तर्गत कुल बजेटको ५० प्रतिशत अर्थात करिव १५ करोड रकम खर्च भएको प्रमुख कार्कीले जानकारी दिनुभयो ।

नदि किनारा व्यवस्थापन कार्यक्रम अन्तर्गत नै बाणगंगा नगरपालिका वडा नं. ६ भगलापुरमा पनि १ सय २० मिटर नदी नियन्त्रण कार्य सम्पन्न भएको छ । नदिले धार परिवर्तन गरेर बस्ति तर्फ कटान सुरु गर्न लागेको अवस्थामा तटवन्दले सम्भावित क्षती न्यूनिकरण गर्दै यस क्षेत्रको सौन्दर्यता समेत बढाएको छ । नदि गाउँबस्ती तर्फ प्रवेश गरेर क्षती पु¥याउने जोखिम बढेसंगै त्रसित बनिरहेको स्थानीय बासिन्दाहरु समयमै नदि नियन्त्रण भएपिछ अहिले निकै खुसी भएको स्थानीय शिक्षक खेमराज भट्टराईले बताउनुभयो ।कपिलवस्तुकै शिवराज नगरपालिका वडा नं ९ मा पनि नदि नियन्त्रण कार्य सम्पन्न भएको छ । जहाँ १ सय ३० मिटर तटवन्द निर्माण भएको छ । तटबन्दबाट यस क्षेत्रमा नदि किनाराको जमिन तथा बस्ती सुरक्षित भएका छन् । 

यता दाङ जिल्लाको लमही नगरपालिका वडा न. २ मा पनि नदी नियन्त्रण कार्यक्रम कार्यन्वयन कार्यन्वयन भएको छ । यस क्षेत्रमा नदि नियन्त्रण भएपछि खेतीयोग्य जमिन कटान रोकिएको छ भने जोखिममा परेका गाउँवस्तीहरु पनि सुरक्षित भएका छन् । सोहि तटबन्दबाट दुईवटा गाउँ जोड्ने महत्वपूर्ण बाटो समेत निर्माण भएको छ । बाटो निर्माण भएसंगै दुईवटा गाउँहरु एकआपसमा जोडिएका छन् । जसबाट स्थानीय बासिन्दाहरुलाई आवतजावत गर्न निकै सहजता भएको छ । इकाईबाट पहिलो पटक आएको ८० लाख बजेटबाट लगभग ५ सय ५० मिटर तटबन्द निर्माण भएको र दास्रो पटक ६५ लाख बजेट आएकोमा बाँकी रहेका ड्याम निर्माण गर्ने कार्य भएको लमही नगरपालिका वडा नं. २ का वडाध्यक्षको नेपालु चौधरीले बताउनुभयो । तटबन्दबाट खेतियोग्य जमिन जोखिनुका साथै हिंडडुल गर्न बाटो समेत बनेकोमा स्थानीय जनताहरु निकै खुसी भएको वडाध्यक्ष थारुको भनाई छ । 

त्यस्तै राप्ती गाउँपालिका ४ मा निर्माण भएको १ सय ८४ मिटर तटवन्दले लगभग २ सय घरको बस्तीलाई जोगाएको छ । भने खेतीयोग्य जमिन पनि बगरमा परिणत हुनबाट बचाएको छ । इकाईबाट दुई पटक गरेर १ करोड बढि बजेट आएको र ३ सय मिटर भन्दा बढि तटबन्द निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर ओलीले बताउनुभयो । तटबन्दले यस क्षेत्रका २ सय घरको बस्ती तथा खेतीयोग्य जमिन जागाएको ओलीको भनाई छ ।

त्यसैगरी पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ११ मा पनि २ सय १० मिटर टटबन्द निर्माण गर्ने कार्य सोहि कार्यक्रम अन्तर्गत सम्पन्न भएको छ । तटवन्द निर्माण भएपछि नदि किनाराको खेतीयोग्य जमिन तथा गाउँवस्ती जोगिएको छ । तटवन्द बनेपछि बाढिले सताउन छाडेकोले स्थानीय बासिन्दा पनि निकै खुसी भएका छन् । तटवन्दले धेरै बचावट गरेको र बाढीले पनि सताउन छाडेकाले गाउँलेहरु पुरा खुसि भएको स्थानीय बासिन्दा मोती यादवले बताउनुभयो ।

यस इकाईले गल्छी, पहिरो नियन्त्रण कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ । दोस्रो महत्वपूर्ण कार्यक्रम मानिने यो कार्यक्रम चुरेको फेँदीमा र चुरे पहाडमा गर्ने गरिएको इकाई प्रमुख कार्कीले जानकारी दिनुभयो । यस कार्यक्रम अन्तर्गत अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १४ मा १ सय ८० मिटर खहरे नियन्त्रण कार्यक्रम सम्पन्न भएको छ । नदिले वर्षेनी यस क्षेत्रको जमिन कटान गरिरकोमा नदि नियन्त्रण भएपछि जग्गा नोक्सान हुने क्रम रोकिएको स्थानीय बासिन्दाको भनाई छ । सोहि कार्यक्रम अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ९ मा पनि १ सय ६० मिटर तटवन्ध निर्माण कार्य सम्पन्न भएको छ ।

धिरी खोलामा आउने बाढीले वर्षेनी कटान गरेर खेतीयोग्य जमिनमा ठुलो क्षती गरिरहेको र मानवीय क्षती समेत गराएकोले खोला नियन्त्रण गर्ने योजनालाई वडाको प्राथमिकतामा राखेको वडाध्यक्ष ध्रुब बेल्बासेले बताउनु भयो । नदि नियन्त्रण हुन नसक्दा करिब ३ सय घरधुरी उच्च जोखिममा पर्ने अवस्था भएकोले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको बजेटमा कार्यक्रम अघिबढाइएको वडाध्यक्ष बेल्बासे जानकारी दिनुभयो । त्यसैगरी शिवराज नगरपालिका ९ मा ६० मिटर पहिरो नियन्त्रण गर्ने कार्य पनि सम्पन्न भएको छ । जसबाट यस क्षेत्रका ३ सय ५० बढि घरधुरी लाभाम्वित भएका छन् । यसरी राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले आफ्ना कार्यक्रमहरुलाई एकीकृत एवं प्रभवकारी ढंगले कार्यान्वयन गर्नको लागि देशभर ५ वटा कार्यालयहरु स्थापना गरी कार्य अघि बढाएको छ ।

सोहि अनुसार लुम्बिनी प्रदेशको बुटवलमा पनि २०७६ सालमा कार्यक्रम कार्यन्वयन इकाई स्थापना भएको छ । यस एकाईले तनहँ नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, दाङ र सल्यान गरी ९ वटा जिल्लामा समितिका विभिन्न किसिमका कार्यक्रमहरु कार्यन्वयन गर्दै आएको छ । 

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६