कपिलवस्तु
स्वास्थ्यकर्मी माथी अाक्रमण हुन थाले पछि राष्ट्रिय चिकित्सक संघ लुम्बिनि शाखाले स्वास्थ्यमन्त्रिकाे ध्यानाकर्षण गरेकाे छ । साेमबार लुम्बिनि प्रदेश स्वास्थ्यमन्त्री भाेज प्रसाद श्रेष्ठलाई भेटि स्वास्थकर्मि तथा स्वास्थ्य संस्थाकाे सुरक्षा सम्वन्धी ऐन २०६६ लाई संशाेधन गर्न बनेकाे अध्यादेशमा सुरक्षा प्रत्याभुती गराउन बुँदा गत सुझाव दिएका छन् ।
स्वास्थ्यकर्मीलाई गालिगलाैज गर्ने सामाजिक संजालमा अफवाह फैलाउने, कुटपिट गर्नेलाई हुने सजायकाे दायरा बढाउँन अाग्रह गरेकाे डा चिकित्सक संघका केन्द्रीय सदस्य प्रशान्त अाचार्यले बताउनु भयाे । स्वास्थ्यकर्मीकाे सुरक्षाकाे लागि मन्त्रीज्युले चासाे दिनु भएकाे र सरुवा राेग अस्पताल र स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनामा जाेड दिनु भएकाे डा सम्राट पराजुलीले बताए । स्वास्थ्य मन्त्री संगकाे भेटघाट सकारात्मक रहेकाे संघका लुम्बिनि शाखा अध्यक्ष डा समीर अाचार्यले बताए ।
प्रतिक्रिया