कपिलवस्तु २३ जेठ ।कोरोना संक्रमनको चेन ब्रेक गर्न कपिलवस्तुमा पाचौ पटक निषेधाज्ञा थप गरिएको छ । एक साताकालागि निषेधाज्ञा जारी गरिएको हो । जेठ २४ देखि ३१ जेठ सम्मकालागि निषेधाज्ञा थपिएको हो । जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ । आइतवार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना ब्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो । प्रजिअ चक्रपाणी पाण्डेयले कोरोना भाईरासको दोश्रो भेरिन्टको चेन रोक्नकालागि फेरी एक साताकालागि निषेधाज्ञा थपिएको बताए । ३१ गते राति १२ बजे सम्मकालागि निषेधाज्ञा जारी रहने छ ।
अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए । खाद्यान्न तथा अन्य सरसामान किनमेलकालागि भनै दैनिक बिहान ९ बजे देखि दिउसो १ जे सम्म समय तोकिएको छ । निजी र सार्वजनिक सवारी साधन चलाउन, सभा सम्मेलन गोष्ठी हाटेल तथा रेस्टुरेन्ट लगायतका संचालन गर्न रोक लगाइएको छ । बिहान नौ देखि दिउसो १ जे सम्मकालागि किनमेलको दिइएको समयमा अब प्रशासन कार्यालयले जारी गरेको पास बिना सवारी साधन समेत चलाउन नपाउने समेत निर्णय भएको प्रजिअ पाण्डेयले बताए । किनमेलकालागि छुट्टाइएको ४ घन्टाको अवधिमा पनि बिना पास सवारी चलाउन रोक लगाइएको प्रजिअ पाण्डेयले बताए ।
संकट ब्यवस्थापन अध्ययादेश २०७८ पारित भइसकेकाले निषेधाज्ञा पालन नगर्नेमाथस सोही अनुसार कारबाही गरिने उनले बताए । जिल्लामा ६ सय ८६ सकृय कोरोना संक्रमित छन भने १ सय ८७ जनाको मृत्यु भई सकेको छ । यता धान खेती सिजनलार्ई मध्यनजर गर्दै प्रशासन कार्यालयले निषेधाज्ञामा एग्रोभेट बिउबिजन पसल पसललाइ अत्यावश्यकीय कार्यको सुचीमा राखेको छ ।अब देखि लकडाउनमा समेत चौबिसै घन्टा एग्रोभेट र बिउबिजन पसल संचालन गर्न दिईने निर्णय भएको प्रजिअ चक्रपाणी पाण्डेयले जानकारी दिए । कृषकहरुको सहजता र धान खेतीलाई मध्यनजर गरी एग्रोभट पसललाई अत्यावश्यकीय सुचीमा राखेर संचालन गर्न दिईने निर्णय भएको उनले बताए । औषधी पसल, दुध तथा डेरी, फलफुल तरकारी, बैकिङ सेवा लागायतलाई अत्यावश्कीय सुचीमा राखिएको छ ।
प्रशासनले एग्रोभेटलाई अत्यावश्कीय सुचीमा राखेकोमा एग्रोभेट संचालक र कृषकहरु खुशी भएका छन । तौलिहवामा एग्रोभेट संचालन गर्दै आएका रामचन्दू मुराउले यो निर्णयले कृषकहरुलाइ अब सहजता थपेको बताए ।यसतै गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी हुँदै आएको निषेधाज्ञाको समय २४ गते राती १२ बजे सकिदैछ । पाल्पामा जारी निषेधाज्ञाको समयाबधि पुनः एकहप्ता थप गरिएको छ । यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पु¥याइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द रहेका वाणिज्य बैंकहरु बिहान ७ वजेदेखि १० सम्म खोल्ने निर्णय गरेको छ । अन्य वित्तीय संस्थाका सेवा भने पूर्ण रुपमा बन्द गरिने जनाइएको छ ।
प्रतिक्रिया