कपिलवस्तु २३ जेठ।यही जेठ २५ गते देखि ६० देखि ६४ बर्ष उमेर समुहलाई लगाउनकालागि जिल्लामा ९ हजार ५५० डोज भेरोसिल खोप आएको छ । तर खोप अभावले गर्दा जिल्लामा ६२, ६३ र ६४ बर्ष उमेर समुहलाई मात्र खोप लागनउे तयारी गरेको हो । जिल्लामा ६० देखि ६४ उमेर समुहका १९ हजार १६६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
लक्षित समुह बढी रहेकाले ६२ देखि ६४ उमेर समुहकालाई मात्र खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए । खोप लागउनकालागि १० वटै पालिकामा २ देखि ४ वटा खोप केन्द्र संचालन गरिने स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए ।खोपकालागि नागरिकता वा उमेर खुल्ने प्रमाण ल्याउन उनले आग्रह गरे । उता स्वास्थय कार्यालय प्रमुख पाण्डेयले लकडाउनले कोरोनाको चेनब्रेक गरेको बताए । उनले पालिकाहरुले परिक्षणको दायरा बढाउनु पर्ने आग्रह गरे ।
प्रतिक्रिया