रुपन्देही २७ जेठ । मापदण्ड भन्दा बाहिरकाले कोभिड विरुद्धको खोप लगाएको भन्दै विवाद भएपछि रुपन्देहीका केही स्थानमा खोप कार्यक्रम नै स्थगित भएको छ। जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका मर्चवारी र ओमसतिया गाउँपालिकामा खोप कार्यक्रम स्थगित भएको जिल्ला प्रशासन कार्याालय रुपन्देहीले जनाएको छ ।
पालिकाबाट खटिएका स्वास्थ्यकर्मीबाट गुनासो आएपछि केही पालिकामा खोप कार्यक्रम स्थगित गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताएउनुभएको छ । प्रजिअ तामाङले मापदण्ड बाहिर गएर खोपलगाउन खटिएकाहरुलाई स्पष्टीकरण सोधिसकेको बताउनुभयो ।
ओमसतिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले आफन्त र पार्टी कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद भएको थियो । रुपन्देहीमा १४ हजार २ सय ५५ जनालाई खोप लगाउने तयारी थियो । लक्षित उमेर समूह मध्ये धेरैले लगाइसकेका छन ।
प्रतिक्रिया