पर्यटन

नगरका ४ बर्षका उपलब्धीको समीक्षा : आगामी योजना बजेट र कार्यक्रममा सरोकारवालाको यस्तो छ सुझाव



कपिलवस्तु २७ जेठ । कपिलवस्तु २७ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगमाी आर्थिक बर्षको योजना र बजेट निर्माणको तयारी गरिरहदा बिहिबार नगरका मूख्य सरोकारवाला बिच सुझाब संकलनको लागि छलफल एबम अन्तरक्रिया कार्यक्रमको आयोजना  गरेको छ । उक्त कार्यक्रममा नगरले चालु बर्षमा गरेका कामको समिक्षा प्रस्तुत गर्दै नगरका प्रमुख प्रशासकिय अधिकृत बासुदेब खनालले नगरले अहिलेसम्म पूर्बाधार बिकासमा धेरै काम सम्पन्न गरेको दाबी गर्नुभयो । 


उहाले नगरका ३ वटा वडाको आधुनिक भवन निर्माण भएको ,कपिलवस्तु र बौद्ध शिक्षाको पाठ्यक्रम लागु भएको ,बिद्यालय समायोजन कार्यबिधि स्बीकृत भएको ,नगर प्रोफाईल  निर्माण भएको जस्ता उपलब्धि सुनाउनु भयो । यसैगरि नगर भित्र रिङरोडको ट्रयाक खोल्ने काम जारी रहेको ,डपिङ साईटको प्रारम्भिक काम अघि बढेको ,कृषि उपज संकलन केन्द्र र औद्योगिक ग्राम स्थापनाको काम अघि बढेको ,सकुम्बासीको लगत संकलन भई जग्गा धनि पूर्जा वितरणको लागि प्रक्रिया अघि बढेको जस्ता उपलब्धीहरुको चर्चा गर्नुभयो । 


सो कार्यक्रमका प्रमुख अतिथि रहनु भएका  राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले नगरले योजनाबद्ध बिकास र दिर्घकालिन पूर्बाधारको काम प्रभाबकारी रुपमा अघि बढाएको भन्दै जनताले प्रत्यक्ष महसुस गर्ने खालका सुबिधा प्रदान गर्न आग्रह गर्नुभयो । नगर भित्रका योजनाका लागि संघिय सरकारबाट बजेट ल्याउनका लागि आफूले प्रर्याप्त ध्यान दिएको बताउदै राष्ट्रिय सभा सदस्य घिमिरेले बाणगंगा जिल्लामा मात्र नभई प्रदेशकै उत्कृष्ट हुनुपर्ने तर्क गर्नुभयो ।

निर्वतमान सांसद अत्तहर कमालले बोल्दै बाणगंगाले जे जस्ता काम गरेको छ ति सबै आफैमा सन्तुलित रहेको भन्दै जनप्रतिनिधिको आलोचना गर्नुपर्ने पक्ष नै नरहेको बताउनुभयो । अझ बढि उदाहरणीय बनेर काम गर्न समेत सुझाब दिनुभयो ।  यसैगरि सबिधान सभा सदस्य बलराम अधिकारीले नगरको बिकासका निम्ती संघिय सरकार , प्रदेस सरकार र साझेदार निकायसंगको सहकार्यलाई अझ बढि गतिशिल बनाउनुपर्ने सुझाब दिदै नदि नालाको अनुचित दोहन रोक्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले बोल्दै नगरले गर्ने बिकास निर्माणका काममा गुणस्तर र टिकाउपना कमजोर रहेको जनगुनासो आएकोले नगरका प्राबिधिकहरुको भूमिका प्रति प्रश्न चिन्ह खडा भएको प्रष्टाउदै यसलाई तत्काल सच्चाउन पर्ने बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला नेता रबि काफ्लेले प्राकृतिक श्रोत साधनको सहि उपयोगको योजना बनाउन नगरले चासो नदिएको भन्दै यसलाई वेवास्ता नगर्न आग्रह गर्नुभयो ।

 कार्यक्रममा नगरका उपमेयर चक्रपाणी अर्याल , नेपाली कांग्रेसका नगर अध्यक्ष बिष्णु थापा ,उपभोक्ता हित संरक्षण मञ्जका अध्यक्ष भेषराज पाण्डे , कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलक राम घिमिरे , नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी लगाएतलले आगामी योजनामा समेट्नुपर्ने बिषयहरु सुझाबका रुपमा प्रस्तुत गर्नुभएको थियोे । 

मेयर मंगल प्रसाद थारुको अध्यक्षता ,बाणगंगा नगरका प्रशासन फाट प्रमुख केशबराज भट्राइको सहजिकरण , नगर प्रबक्ता बिष्णु पौडेलले स्वागत मन्तब्यका बिच भएको कार्यक्रममा २ दर्जन मूख्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम स्वास्थ्यका मापदण्डहको पालना गरिएको थियो ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६