प्रदेश

राष्ट्रिय स्तरको प्रतिस्पर्धामा बुटवलको न्यू होराइजन प्रथम



रुपन्देही ३१ जेठ । प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्तरुपमा आयोजना गरेको राष्ट्रियस्तरको हाजिरीजवाफ प्रतियोगितामा देशका ४७ जिल्लाका दुई सय विद्यालयले भाग लिएका थिए । पहिलो चरणमा ११७ विद्यालय छनोट भएका र ती मध्येबाट ३६ विद्यार्थी जना बीच फाइनलमा प्रतिस्पर्धा भएको प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले बताउनु भयो ।

नेपाल स्कुल मेला अनलाइन क्विजकन्टेष्ट २०७८ प्रतियोगितामा न्यू होराइजन इंलिस बोर्डिङको प्रतिनिधित्व कक्षा १० का विद्यार्थी युवराज पन्थी प्रथम भएका छन्। बुटवलकै कान्ति बोर्डिङ स्कुल दोस्रो र दाङको तुलसीपुरस्थित तुल्सी बोर्डिङ स्कुल तेस्रो भएको प्रेसपाटीले समाचार प्राप्त गरेकोछ ।

कान्तिको प्रतिनिधित्व विद्यार्थी अशोक आचार्य र तुल्सीको प्रतिनिधित्व आर्जन बस्नेतले गर्नु भएको थियो । कोरोना महामारीका कारण भर्चुअल ९अनलाइन० विधिबाट भएको प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रोले रु १० हजार नगद पुरस्कार पाउने छन् । विजेता विद्यार्थीहरुले विभिन्न कलेजमा छात्रवृत्तिमा अध्ययनको अवसर पनि पाउने छन् ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६