प्रदेश

बाबुरामले भने एमाले एकढिक्का भए विपक्षी गठबन्धन औचित्य हिन



काठमाडौं,3 असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेपाललाई भेटन विपक्षी दलका नेता शेरबहादुर देउवा पछि भट्टराई पुगेका हुन। 

परिषद अध्यक्ष डा. भट्टराईले नेपाल निवास कोटेश्वर आएर भेटवार्ता गरेका हुन् । नेता नेपाललाई भेट्न आज अपरान्ह भट्टराई उनकै निवास कोटेश्वर पुगेका थिए । विपक्षी गठबन्धनमा रहेका दलका नेताबीच दीर्घकालीन साझेदारीका लागि छलफल चलिरहँदा भट्टराई र नेपालबीच भेटघाट भएको हो । पार्टी एकताको पक्षमा एमाले शीर्ष तथा दोस्रो तहका नेताले आह्वा गरिरहेको बेला नेपाल र भट्टराईले छलफल गरेका हुन् ।

एमालेमा एकताको प्रयास अघि बढिरहेका बेला माधव नेपाल विपक्षी गठबन्धन र आफ्नै समूहको दबाबमा छन् । यसैबीच झलनाथ खनालले पार्टी एकताका पक्षमा वक्तव्य निकालेर उपचारका लागि दिल्ली गए लगत्तै नेपाललाई भेट्न बाबुराम कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । माधव नेपाल समूहमै पनि केपी ओली जेठ २ को अवस्थामा फर्किएको अवस्थामा एकता हुने वा नहुने भन्ने मतभेद छ । ओलीले साबिक एमालेको स्थायी कमिटी बैठक बोलाउने सहमति जनाए पनि नेपाल पक्षले स्वीकार नगरेका कारण बुधबार बस्ने भनिएको बैठक स्थित भएको थियो ।

यता एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल दिल्ली उड्ने बेला जारी भएको विज्ञप्तीलाई लिएर राजनीति वृतमा तरङ्ग पैदा भएको छ । विज्ञप्तिमार्फत नेता खनालले सबैले रिस, राग, अहंकार र बदलाको भाव त्यागेर एमाले एकताका लागि भूमिका खेल्नुपर्ने उल्लेख गरेका छन् ।

तर, नेपाल–खनाल पक्षका दुई केन्द्रीय नेताहरूले सामाजिक सञ्जालमार्फत सो विज्ञप्तिको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् । एमाले नेता डा. विजय पौडेलले ट्वीटमार्फत खनालको नाममा अरुले नै वक्तव्य जारी गराएको आरोप लगाएका छन् । ‘झलनाथ कमरेडको नाममा आफ्नो वक्तव्य निकाले छन्, यस्तो फटाइ नगरेको वेश’, पौडेलको ट्वीट छ ।

त्यस्तै अर्का एमाले नेता जगन्नाथ खतिवडाले फेसबुकमार्फत नेता खनालको नाममा हस्ताक्षर दुरुपयोग गरी वक्तव्य जारी भएको आरोप लगाएका छन् । विज्ञप्तिमा उल्लेख भएको विचार खनालको विचारसँग मेल नखाने भन्दै खतिवडाले खनालको वक्तव्यका नाममा चालबाजी भएको बताएका छन् ।

‘श्वासप्रश्वासमा समेत गाह्राे भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन । वक्तव्यमा उल्लेखित विचार क. झलनाथ खनालको विचारसँग मेल खादैन । उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैंमा रहस्यमय छ’ खतिवडाले भनेका छन् । नेता खनालको बिरामी अवस्थालाई राजनीतिक स्वार्थको घैटौ भर्न प्रयोग नगर्न समेत खतिवडाले आग्रह गरेका छन् । खनालको नाममा जारी भएको वक्तव्य भने उनकै नाममा आधिकारी फेसबुक अकाउण्टबाट आज सार्वजनिक भएको थियो ।

प्रकाशित : ३ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६