प्रदेश

लुम्बिनी प्रदेशमा साढे २ सय घर डुबे,सडक क्षेत विच्छेद,बेपत्ताको शव फेला



प्यूठान ३ असार ।  तीन दिनदेखिको अविरल वर्षाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले क्षति पु¥याएको छ । वर्षापछि पहाडी जिल्लाका विभिन्न स्थानमा सडक भत्किनुका साथै पहिरो गएको छ । समथर क्षेत्रमा डुबान सुरु भएको छ । नारायणी र खहरेमा आएको बाढीका कारण पश्चिम नवलपरासीमा २ सयभन्दा बढी घर डुबानमा परेका छन्ाँ ।

सयौं बिघा धान खेतमा क्षति पु¥याएको छ । जिल्लाको सरावल गाउँपालिका–२ का ७०, प्रतापपुर गाउँपालिका–६ स्थित मुसहर बस्तीका ६०, पाल्हीनन्दन गाउँपालिका–१ का ७० र सुस्ता गाउँपालिका–५ का ५० भन्दा बढी घर डुबानमा परेका छन । घर डुबानमा परेपछि स्थानीय तहले सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छन ।

पाल्पादेखि गुल्मी जाने सडकको खस्यौलीमा खसेको पहिरोले सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी छ । हार्थोक प्रहरी चौकीका अनुसार अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन । खुलाएको केही छिनमा फेरि बन्द भएको सूचनाले हैरानी खेप्नु परेको प्रहरीले जनाएको छ । सडकको पहिरो सफा गरेर एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । पाल्पादेखि अर्घाखाँची जाने सडकको कुसुमखोला, बतासेलगायतका स्थानमा खसेको पहिरो भने बुधबार बेलुकी हटाएर एकतर्फी सुचारु गरिएको छ ।

झरीले गुल्मी र अर्घाखाँचीका केही गाउँका बस्ती उच्च जोखिममा छन । पहिरो गएर सडक अवरुद्ध छन । अर्घाखाँची सन्धिखर्क नगरपालिका–१० मा नारायण आचार्य र श्यामबहादुर थापाको घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पु¥याएको छ । घर उच्च जोखिममा परेपछि आचार्य र थापाका परिवार छिमेकीको घरमा सुरक्षित रूपमा बसेका छन । बाढीले बगाएर प्यूठानमा एक जना बेपत्ता भएका छन् । जिल्लाको मल्लरानी गाउँपालिका–३, धरमपानी बर्वोटका अन्दाजी ४५ वर्षीय हीराबहादुर नेपाली खोलाले बगाउँदा बेपत्ता भएको चुजाठाँटी प्रहरी चौकीका इन्चार्ज रामबहादुर रानाले जानकारी दिए । मंगलबार साँझ मल्लरानी–३, नर्सरीबाट घर फर्किने क्रममा नेपालीलाई खोलाले बगाएको थियो । बुधबार बिहानसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

यता  अर्घाखाँचीको वाङला मथुराबेसी खोलाले बगाएर वेपत्ता भएका सन्धिखर्क ५ का ६७ बर्षिय चोलानाथ अधिकारीको सव फेला परेको छ ।  बुधबार दिउसो वाङ्लाको मथुराबेसी खोला तर्नेक्रममा बेपत्ता भएका अधिकारीको सव रिङ्गदी बलेवामा फेला परेको हो । सवलाई अहिले पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए । 

हिजो बुधबार देखि खोलाले बगाएर वेपत्ता भएका अधिकारीलाई जिल्ला शसस्त्र प्रहरी र जनपथ प्रहरीको तालीम प्राप्त प्रहरी टोलीले दुई देखि खोजीकार्य जारी राखेका थिए । घटना भएको स्थान  केरुङ्गा र वाङ्लाको बीचमा पर्दछ ।  यस्तै पहिरो खसेर बन्द भएको पाल्पा–बुटवल सडक सञ्चालनमा आएको छ । गएको मङ्गलवारदेखि बन्द भएको सडक अहिले केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको दर्जनौँ ठाउँमा पहिरो गएपछि बाटो बन्द भएको थियो । पहिरोले बाटो नै बगाएपछि सञ्चालनमा ल्याउन समस्या भएको थियो । बाढी–पहिरोका कारण अहिले देशका विभिन्न राजमार्गमा अवरोध आएको छ । केही राजमार्ग पूर्णरूपमा बन्द छन् भने केही एकतर्फी खुलेका छन् ।  

प्रकाशित : ३ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६