प्रदेश

यस्तो महामारीका बेला नगरमा बजेट भन्दा ४ करोडवढी राजश्व कहाँवाट आयो ?



 कपिलवस्तु १० असार । यतिबेला कोराना महामारीवाट मुलुक आक्रान्त छ । राजश्व संकलन हुन नसकेर नियमित खर्च  गर्न समेत सोच्नु पर्ने अवस्थामा सरकार पुगेकोछ । तर बाणगंगाले भने चालु आवकालागि तर्जुमा गरेको वजेटमा यतिबेला संशोधित आय अनुमान प्रकासित गर्दै ४ करोड वढी आम्दानी थपिएको जनाएको छ। यो संगै यस्तो महामारीका बेला ४ करोड वढी राजश्व संकलन कहाँवाट भयो भन्ने जिज्ञासा जागृत भएको छ। 

वजेट बनाउदा आन्तरीक कर तथा राजश्वका श्रोतको आकलन गरे भन्दा बढी संकलन भएर यस्तो अवस्था आएको नगरको भनाइछ । पूर्वानुमान गरेका श्रोतमा यथार्थतामा भएको बृद्धिले राजश्व संकलन बढ्नु नगरको समृद्धीकालागि एक महत्वपूर्ण उपलब्धी भएको प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालको भनाइछ । बाणगंगाले आगामी आवका लागि सार्वजनिक गरेको वजेटलाई  विभिन्न पक्षलाई केलाउदै जाँदा राजश्वमा बृद्धि आएको पाइएको हो । वजेटमा अरु केही रोचक र यर्थातताका फरक पाटोहरु छन् । जुन यस्ता छन् । 

चालु आवभन्दा १० करोड बढी तर्जुमा :

कपिलवस्तुको बाणगंगा नगरपालिकाले चालु वर्षको भन्दा १० करोड बढीको वजेट सार्वजनिक गरेको छ । चालु वर्षका लागि १ अर्व १८ करोडको वजेट रहकोमा आगामी वर्षकालागि १ अर्व २८ करोडको वजेट ल्याइएको हो । उपप्रमुख चक्रपाणी अर्यालले वजेट प्रस्तुतगर्दै  चालु आवको वजेट १ अर्व १८ करोड रहेकोमा संशोधित यथार्थत आय अनुमानमा १ अर्व २२ करोड हुने आकलन गरिएको वताउनु भयो । आगामीवर्षका लागि प्रस्तुत १ अर्व २८ करोड मध्ये चालु खर्चकालागि ८७ करोड छुटटाइएको छ भने पूजिगत र अन्यखर्चका लागि ४१ करोड विनियोजन गरिएको छ । 

प्रगती  ५८ पूर्वानुमान ९० प्रतिशत :

उपमेयर अर्यालले प्रस्तुत गर्नु भएको प्रगती समीक्षामा चालु आवको जेठ मसान्त सम्मको वित्तिय प्रगती ५८ प्रतिशतरहेको उल्लेख छ । चालु आवकालागि विनियोजित १ अरव १८ करोड वजेटमा बृद्धि भई  असार मसान्त सम्मको संशोधितआय १ अर्व २२ करोड पुग्ने अपेक्षा राखिएको छ। जस अनुसार वित्तिय प्रगती ९० प्रतिशतहुने अपेक्षा वजेटले राखेकोछ । 

सबै भन्दा धेरै वजेट पाउने वडा कुन हो ?  

बाणगंगाले ११ वटा वडाहरुकालागि १२ करोड ५० लाख बजेट पाएका छन् । हरेकले ५० लाख र त्यो भन्दा माथि विभिन्न आधारमा विभाजन गरि वितरण भएको हो । बजेटमा सबै भन्दा धेरै वडा नं १० ले १ करोड ३८ लाख वजेट पाएकोछ । तयसपछि वढी बजेट पाउनेमा  वडा नं ८ हो जसले ,१ करोड ३३ लाख पाएकोछ ।वडा नं २ले  १ करोड २४  लाख पाएको छ । वडा नं १ ले ९५ लाख ५६ हजार ,वडा नं ३ ले १ करोड , वडा नं ४ले  १ करोड ९ लाख ,वडा नं ५ले १ करोड २ लाख पाएको छ । यसैगरी वडाहरु ६ ले ९१ लाख वडा नं  ७ ले  ९७ लाख ,वडा नं ९ले ९३ लाख वजेट पाएका छन् ।  

चालु आवका महत्वपूर्ण विकास :

चालु आवको हाल सम्म १२ किमी नाली निर्माण ,८ किमी सिंचाई कुलो निर्माण ,१२.५ किमी सडक कालोपत्रे ,६ किमी सडक कालोपत्रे हुने अन्तिम तयारीमा रहेको उल्लेख गरिएको छ । २३ किमी सडकको स्तर उन्नती ४० किमीग्राभेल, २३ वटा कलभर्ट निर्माण भएका छन् । भवनतर्फ शिक्षाका २० ,मठमन्दिर ३१ र वडाका भवन ३वटा निर्माण पुरा भएका छन् । कृषिउपज संकलन केन्द्र र औधोगिक ग्राम निर्माणको काम सुचारु छ ।

गरीबी निवारण र रोजगारी तर्फ  :

गरीबी निवारण र रोजगारी श्रृजनामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम  अन्तर्गत ७० लाख,उद्यमशिलता प्रबद्र्धनमा ३६ लाख,पर्यटन पूर्वाधारमा ५ लाख विनियोजन गरिएको उपमेयर अर्यालको भनाइछ । लक्षित वर्गको स्वरोजगार र शशक्तिकरणमा ४८ लाख राखिएकोछ । 

सरकारी र सामुदायिक अस्पतालमा लगानीः 

पिपराको अस्पतालको भौतिक संरचना स्तरउन्नतीका लागि १ करोड , सामुदायिक अस्पताल कपिलवस्तुकालागि ब्यवस्थापन सुधारमा १२ लाख,पिपरा अस्पताललाई ५० वेडको ट्रमासेन्टरमा रुपान्तरण गर्ने तयारी , ब्लड बैककालागि १४ लाख विनियोजन गरिएकोछ । 

शिक्षामा नयाँ कार्यक्रम र कोभिडको प्रभाव  :

कोभिडका कारण चलाउनु पर्ने बैकल्पीक शिक्षाका लागि ११ लाख ५० हजार वजेट राखिएकोछ । गुणस्तर प्रोत्साहनकालगि १ करोड २१ लाख,नमुना विद्यालयको पूर्वाधारकालागि १ करोड ९ लाख,  वाल विकास केन्द्रका सहजकर्ताकालागि अढाई करोड र एक विद्यालय एक ल्यापटपकालागि वजेट राखिएकोछ। एकवडा एक खेल मैदानकालागि २५ लाख विनियोजन गरिएकोछ । 

फोहोर प्रशोधन प्लाण्ट स्थापना :

भलवाडमा बुहपक्षिय लगानीमा निर्माण हुने फोहोर प्रशोधन पूर्वाधार निर्माणकालागि ६० लाख वजेट राखिएकोछ । बसपार्क निर्माणकालागि माटो पटान गर्न १० लाख, विपद ब्यवस्थापनमा ५० लाख,म सफा गर्छु मेरो नगर कार्यक्रमलाई ५ लाख विनियोजन गरिएकोछ । 

न्याय सम्पादनको नतिजा :

न्यायिक समितिलाई १० वटा उजुरी जिम्मेवारी सारी आएकोमा ८ वटा फर्छाैट भएका छन् । चाल् आवमादर्ता भएका १८ मध्ये ४ फर्छाैट भएका छन् । अव कुल १६ वटा उजुरी किनारा लाग्नवाकी रहेको उल्लेख छ । 

आम्दानीका श्रोतको आकलन  :

नगरको आन्तरीक आम्दानी ३ करोड ३८ लाख, प्रदेश सरकार अनुदान ९४ करोड, राजश्व वाँडफाँड २२ करोड ,लागत सहभागिता २ करोड ५० लाख , चालु आवमा खर्च नभएर बचत हुने ६ करोड  गरी १ अर्व २८ करोडको वजेट वनाइएको हो । आगमी आवका लागि प्रदेशले शर्शत पूजिगत अनुदान ,समानिकरण अनुदान , समपुरुक वजेट वाहेक नगरकालागि करिव २० करोड बजेट दिएको नगरका सूचना अधिकृत केशव भटराईको भनाइछ । 

नो फ्रिज जोन बनाऔं : सांसद घिमिरे  

वजेट सार्वजनिकीकरण कार्यक्रममा वोल्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बाणगंगाले नगरको विकासकालागि प्रदेश र संघवाट समेत उल्लेख्य बजेट पाउदै आएकाले विकासमा फड्को हान्नेगरी कार्यान्वयन गर्न आग्रह गर्नु भयो । पूजीगतखर्च भएन फ्रिजभयो भन्नु भन्दा  वाणगंगालाई नो फ्रिज जोनको रुपमा विकास गर्न सुझाव दिनु भयो ।  

जसको डिपिआर उसलाई बजेट :सांसद पन्थी

यताप्रदेश सांसद विष्णु पन्थीले प्रदेश सरकारवाट वाणगंगाका कतिपय वडाले ८ /१० करोड सम्म वजेट पाएकाभएपनिकतिपय वडाले १/ २ करोडमै चित्तबुझाउने स्थिती देखिएको भन्दै ठूला योजना जुन प्रदेशले संवोधन गर्नु पर्ने हुन्छ तीनको  समयमै डिपिआर वनाएर पेश गर्न सकेका वडाहरुमा वजेटको कमीनभएको वताउनु भयो । 

जग बसालेका हामी नै हौं : संविधान सभा सदस्य

कार्यक्रममा संविधान सभा सदस्यत्रय बलराम अधिकारी ,डोर प्रसाद उपाध्याय र विश्रामथारुले वोल्दै आफूहरु संसद भएका बेलाबनाएका ठूला योजनाको डिपिआर अनुसार पछिल्ला बर्षमा लगातार बजेट आएको दावि गर्नु भएको थियो ।

संक्षिप्त सार्वजनिक समारोह :

कोभिडका कारण  भीडभाड नहोस भनेर संक्षिप्त रुपमा स्वास्थ्य मापदण्ड पुरा गरेर स्थानीय एक रिसोर्टमा गरिएको बजेट सार्वजनिकीकरण कार्यक्रम  मेयर मंगल प्रसाद थारुको अध्यक्षता ,वडाध्यक्ष भिष्मराज भुसालको सहजीकरण , नगरप्रबक्ता विष्णु पौडेलको स्वागत मन्तब्य बीच भएको वजेट सार्वजनिकीकरण समारोहमाएमालेका स्थानीय नेता अमितपौडेल कांग्रेसका विष्णु थापा , माओवादी केन्द्रका टेकेन्द्र क्षेत्री, उद्योग वाणिज्यसंघका अध्यक्ष डोलकराम घिमिरे, नागरिक समाजका अध्यक्ष  दोलखवहादुर पछाई ,पत्रकार महासंघका हरि अधिकारी लगायतले  शुभकामना दिनु भएको थियो । 

प्रकाशित : १० असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६