ब्रेकिंग न्युज

लोकसेवा आयोगका रोकिएका परीक्षाहरु १५ साउनदेखि (सूचनासहित)



काठमाडौं, १६ असार । लोकसेवा आयोगले कोरोना भाइरस महामारीका कारण रोकिएका परीक्षाहरु आउँदो साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए । आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

परीक्षा पूर्व निर्धारित समयमा सन्चालन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ । रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सन्चालन गरिसक्ने लक्ष्य छ । परीक्षाहरु जतिसक्दो छिटो सक्न दुईदेखि तीन सिफ्टमा परीक्षा सञ्चालन गर्ने तयारी आयोगले गरेको छ ।
हेर्नुस् सूचना https://drive.google.com/file/d/1j7Y4y8ln4EdRTtiJf4XkxyjhBUWn0PNE/view

प्रकाशित : १६ असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६