प्रदेश

सरकारी कार्यलयमा रातीको समयमा तोडफोड लाखौंको क्षेती,फरार २ जना पक्राऊ



पाल्पा १७ असार । पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिका ५ मुझुङमा रहेको वडा कार्यलय सहित अन्य सरकारी कार्यालय अज्ञात समुहले गएराती तोडफोड गरेको छ । मुझुङमा रहेको कालीका मावी, सहकारी सस्था हुलाक कार्यालय, सहित तोडफोड गरेर नगद र भौतिक सामान क्षती गरेको वडा अध्यक्ष हुमान सिंह कार्कीले जानकारी दिए ।

अहिले घटना स्थलमा मुझुङ प्रहरी पुगेको छ भने थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलयबाट टोली पुग्दै गरेको जानकारी गराईएको छ । घटना कस्ले र किन गरेको भन्ने बिषयमा अनुसन्धान भैरहको प्रहरीले बताएको छ । घटनामा लाख रुपैया बराबरको क्षेती भएको बताईएको छ ।

यता  रुपन्देहीमा  हत्यामा गरेर ४४ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ। हत्यामा अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएका दुई जनालाई जल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका २ का ७० वर्षीय चिनगुद चाई र ७० वर्षीय कप्तान चाई रहेका छन्।

उनीहरूलाई प्रहरीले आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी डाक्टर मनोज केसीले जानकारी दिए। प्रहरीका अनुसार उनीहरूले २०३४ साल असोज २३ गते राति ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या गरेको खुलेको थियो।सर्वोच्च अदालतले दुवै जनालाई २०४० साल वैशाख ८ गते कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय फैसला गरेको थियो। फैसला यता दुवै जना हालसम्म फरार थिए। प्रहरीले दुबैलाई जिल्ला अदालत रुपन्देहीले फैसला कार्यान्वयनको लागि कारागार चलान गरिसकेको छ।

प्रकाशित : १७ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६