प्रदेश

कोरोना खोप दिलाउन माग राख्दै शिक्षक–विद्यार्थीको धर्ना



अर्घाखाँची १८ असार । विभिन्न ३४ सूत्रीय माग राख्दै नेपाल शिक्षक महासंघको आयोजनामा गुल्मी १२ र अर्घाखाँचीका ६ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन् । आन्दोलनमा विभिन्न पेसागत संघसंगठनले ऐक्यबद्धता जनाएका छन् । संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षक÷विद्यार्थीलाई खोपको व्यवस्था गर्नुपर्ने लगायत माग उनीहरूले राखेका छन् । 

विद्यालयमा सयौंको संख्यामा विद्यार्थी र शिक्षक सहभागी हुँदा कोरोना संक्रमण फैलिने डर भएकाले स्कुल सञ्चालन गर्नुपूर्व कोभिडविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने एकीकृत अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष मानबहादुर पाण्डेले बताए ।उनीहरूले शिक्षकको बढुवा हुनुपर्ने, कर्मचारी तथा बालविकास सहयोगीको तलब वृद्धि गर्नुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि राखेका छन् । 

संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बालविकासका शिक्षक/ सहयोगीको मासिक तलब १५ हजार रुपैयाँ पु¥याउने घोषणा गरेका थिए । तर तलबमा थप्नुपर्ने रकम नगरपालिका र गाउँपालिकाले बजेटमा विनियोजन गरेका छैनन् ।

प्रकाशित : १८ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६