पर्यटन

भिडियो प्रकरणमा बिवाद हुँदा १ को मृत्यु,२ जना पक्राऊ



कपिलवस्तु १८ असार । कपिलवस्तुको मायादेबी गाउपालिका– ४ पिपरामा मोबाईलमा भिडियो खिचेको बिषयमा बिवाद पछि भएको कुटपीट पछि  एक जनाको मृत्यु भएको छ । स्थानीय जाबेद मुसलमान र बद्दाम मुसलमान बिच भिडियो खिचेको बिषयमा बिवाद बढेको थियो । बिवाद पछि बद्दाम सहीतको समुहले सोही बिषयमा खाटको पटीयाले टाउकोमा हिर्काउदा जाबेद गंभिर घाइते भएका थिए । 

जाबेदको भैरहवा स्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको आरोपमा सद्दाम मुसलमान र बद्दाम मुसलमानलाई  पक्राउ गरिएको  प्रहरी उपरिक्षक दान बहादुर कार्कीले प्रेसपाटीलाई बताउनु भयो । 

प्रकाशित : १८ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६