प्रदेश

बन संरक्षणमा योगदान पुराएको भन्दै कसले पाए सम्मान ?



कपिलवस्तु २३ असार । कपिलबस्तु डिभिजन वन कार्यालय गौतमबुद्धले बन संरक्षणमा योगदान पु¥याएका पाँच जनालाई सम्मानित गरेको छ । बन कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गरि उत्कृृष्ट सामुुदायिक वन, पत्रकार र सुरक्षाकर्मीलाई सम्मान गरेको हो । डिभिजन बन क्षेत्र भित्र रहेका सामुदायिक बन अन्तर्गत शारदा सामुदायिक बन प्रथम, समयमाई सामुदायिक बन द्धितिय र संकरज्योती सामुदायिक बनलाई तृतिय स्थानका रुपमा पुरस्कृत गरिएको हो ।

विगत लामो समयदेखि  वन वातावरण तथा बन्यजन्तु संरक्षण र वन अपराध न्यूनीकरणको विषयमा समाचार प्रकाशित गरेको भन्दै डिभिजन बन कार्यालय गौतमबुुद्धले पत्रकार सनिउल्ला धोवीलाई नगद र प्रमाण पत्र सहित बन कार्यालयका प्रमुख दुुर्गा कार्कीले सम्मान गर्नुभएको हो ।त्यस्तै सुरक्षाकर्मी तर्फ प्रहरी नायव निरिक्षक अमर बहादुर बुढालाई सम्मान गरिएको हो ।

प्रत्येक वर्ष बन कार्यालयले प्रदान गर्ने उत्कृष्ट काम गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पनि सम्मान गरिएको डिभिजन बन कार्यालय गौतमबुुद्धका प्रमुख कार्कीले बताउनुभयो । पत्रकार महासंघका उपाध्यक्ष स्वेता गिरीले पत्रकारको कामलाई मुल्याकन गरी सम्मान गरेकामा धन्यवाद दिनुभयो ।

प्रकाशित : २३ असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६