अर्थ-वाणिज्य

साढे २८ किलो चरेससहित २ जनालाई प्रहरीले पक्राउ



बुटवल २६ असार। बुटवलबाट साढे २८ किलो लागुऔषध चरेससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँ निवासी ६३ वर्षीय जीवन पुन रहेका छन् ।

शुक्रबार साँझ करिब सवा ६ बजेतिर बुटवल उपमहानगरपालिका ११ देविनगरस्थित नमस्ते पथ केएफसी पिज्जा हबमा चरेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समूह (आरआइटी) टोलीले २८.५ किलो लागुऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले लु२५प ६५४४ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको बताएको छ । पक्राउ परेकालाई लागु औषध कारोबार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित : २६ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६