प्रदेश

विद्यालय र बालविकासका कर्मचारीको आन्दोलनप्रति एमालेको ऐक्यवद्धता



कपिलवस्तु २७ असार ।कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा जारी विद्यालय र बालविकासका कर्मचारीको आन्दोलन प्रति एमालेले  ऐक्यवद्धता जनाएकोछ । नेकपा एमाले बुद्धभुमी नगरकमिटिको बिस्तारित बैठकले यस्तो ऐक्यवद्धता जनाएको हो । बैठकले बिध्यालय कर्मचारी र बाल बिकास कक्षामा पढाउने शिक्षिकाहरुलाइ  न्युनतम तलब दिने सम्बन्धमा बुद्धभुमी नगरपालिकाको बार्षिक बजेटमा उपेक्षा गरेकोले दुख ब्यक्त गरेको छ ।

लामो समय देखि अत्यन्तै कम रकममा काम गरिरहेका बिध्यालय कर्मचारीहरु र बालबिकास कक्षामा पढाउने शिक्षिकाहरुलाई केन्द्र सरकारले तोके अनुसारको पारिश्रामिक दिन बजेट भाषणले ब्यबस्था गरेका कारण  उत्साहित बनेका शिक्षक यश नगरको नगरपरिसदबाट उपेक्षा गरेको कारण बिगत एक हप्ता देखि नगरपालिका अगाढी धर्ना जुलुसमा सहभागी छन ।नेपाल सरकारको निर्णय अनुसार शिक्षा स्वास्थ्य रोजगारको जिम्मा लिएको स्थानिय सरकार आफ्नो दायित्वबाट पछाडी नहटी आफ्नो दायित्व पूरा गर्न नगरपालिकासङ्ग अनुरोधगर्ने निर्णय गरेकोछ ।

एमालको अनुरोधलाई बेवास्ता गरिएमा शिक्षक कर्मचारीहरुको आन्दोलनलाई शसक्त साथ समर्थन गर्ने निर्णय समेत गरेको छ । गौतम बुद्धमाबी गोरुसिङ्गेमा  सम्पन्न बैठक  नगर अध्यक्ष देबि बेल्बासेको अध्यक्षता,प्रदेश कमिटी सदस्य  टेकराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकले नेकपा एमालेको सङ्गठित सदस्यता नवीकरण अभियान बुद्धभुमी नगरपालिका भित्र एकै चोटि असार २८ देखि श्रावण ५ सम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यसै गरि बैठकमा नेकापा एमाले जिल्ला सचिबालय सदस्यहरु पिताम्बर खनाल , कृष्ण प्रसाद भट्टराई , शारदा शर्माले पनि बिबिध बिषयमा  आफ्ना बिचार  राख्नु भएको थियो ।बैठक नगर सचिब गोबर्धन पोख्रेलले सन्चालन गर्नु भएको थियो ।

प्रकाशित : २७ असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६