क्यालकुलेटर थिच्दा पनि मिल्दैन,हुनत यो कुनै नगद कारोबारको हिसाब होइन,यो हिसाब नेकपा एमालेको एकताको हिसाब को कुरा हो।हामी देखि रहेका छौं कि माधवजी र केपी ओलीजी दुई विपरित धुर्वमा उभिएका छ्न।यिनिहरु बिचको सङ्गघर्षकाे मात्रा उच्च बिन्दुमै पुगेको देखिन्छ।एकले अर्कोलाई आरोप प्रत्यारोप र गाली गलोजले पुरै सिमा नाघेको छ।अदालतको बाटोबाट नेकपा विभाजनभै प्रचण्डहरुलाई पुरानै माओबादीमा फर्काइदियपछी नेकपा एमालेको पुनर्जन्म गराइएको थियो,जन्म पछि बहुमत ओलिजीको हातमा पुग्यो।त्यसपछि माधवजीहरु कहिले कारबाही पर्छ्न कहिले फुकुवामा पर्छ्न,उनिहरुको सभासदको पदपनी चौबीसै घण्टा धरापमा परिरहेको परिस्थिति देख्न सकिन्छ।उता माधवजीहरु भने केपीजीको सरकार गिराइदिएर सेर बहादुरजीको सरकार बनाउन सितल निवास देखि अदालत सम्म,सेरबहादुर देखि प्रचण्ड सम्म दौडादौड गरि आफ्नो भनिएको लाई गिराउन र विपक्षी भनिएको लाई बनाउन सफल हुनु भएको छ।
माधवजीको बिचारमा अदालतको फैसला ऐतिहासिक रहेको छ भने केपिजीको विचारमा फैसला आत्मघाती ,प्रजातन्त्र बिरोधि रहेको छ र यसका विरुद्ध अभियान चलाउने निर्णय पनि गरि सक्नु भएको छ।सेर बहादुरलाई मत नदिने वहाँहरुको निश्कर्ष रहेको छ।अनि उतातिर माधवजीहरु भने सकसमा पर्नु भएको छ,अब बिचार गरौं कि आफैले जन्माएको शिशुलाइ दुग्धपान नगराउने हो भने न्वारान नहुदै शिशुको मृत्यु हुन पुग्दछ, दुग्धपान गराउदा एकतामा खलल पुग्दछ।यसरी दुई दिशामा उभिएका यात्रीहरुको एकताको कुरा बडो बिचित्र देखिन पुगेको छ।फेरी दुबैथरीले एकताको कुरा गरि रहेकै छ्न।हिजाेको सस्थापन पक्षको बैठकले पनि आठबुदेँ दस्ताबेजलाइ अनुमोदन गरियो भनकै छ।यता नेपालजीहरुले पनि सेर बहादुरजीलाइ बधाई दिएर लौ अबमैले जन्माइ दिएको छु राम्रो ग्रनुहोला म अब तपाईहरु सङ्ग बस्न असमर्थ छु म एकताको काममा लाग्छु भन्नू भएको थियो।
यसखालको विचित्रको परिवेशमा एकता होलाकी नहोला!मायालाग्ने कताहो!एकता भैहालेछ भने अदालतको फैसला विरुद्ध कुनै ठाउँमा भाषण गर्न माधवजीलाइ पठाउदा के भाषण गर्नु होला!त्यसैले यो गितपो गाउने होकी ,लालुपाते नुग्याे भुइतिर कि लाउ माया मैतिर किलाउ उैतिर ए माया नलाउ दुइतिर।
प्रतिक्रिया