अर्घाखाँची ८ साउन ।अर्घाखाँचीको वांग्ला स्थित एक खाजा घरमा कोरोना खोप लगाइएको विषयले गंभिर रुप लिएपछि स्थानीय वडाध्यक्षले विज्ञप्ती निकालेर छानविनको माग गरेका छन् । वाङ्ला स्थितसंदेश नेवारी खाजा घरमा बुधवार साँझ जिल्ला बाहिरबाट ७ डोज कोरोना बिरुद्दको खोप लगाइएको भनी तस्बिर सामाजिक सन्जालमा भाईरल भएपछि उक्त समाचार प्रति गंभिर ध्यानकर्षण गर्दै कार्यालयले त्यस्तो माग गरेको हो ।
स्वास्थ्य चौकीको अध्यक्ष समेत रहेका वार्ड अध्यक्ष कृष्ण श्रेष्ठले शुक्रबार एक विज्ञप्ती जारी खाजा घरमा जिल्ला बाहिरबाट ल्याएर कोरोना बिरुद्दको भेरोसिल खोप लगाएको समाचारमा सत्यता नरहेको बताएका छन् । साथै स्वास्थ्य चौकीका कर्मचारीहरुसँग कुनै हुलिया नमिल्ने पनि बताएका छन् ।
विज्ञप्तीमा वार्ड अध्यक्ष श्रेष्ठले यतार्थ बुझेर समाचार बनाउन, सामाजिक सञ्जालमा दावि गरिएको सप्रमाण फोटो पोस्ट गर्न अनुरोध पनि गरेका छन् । साथै श्रेष्ठले घटनाको छानविन गर्न नगरपालिका, प्रहरी प्रशासनलाई अनुरोध समेत गरेका छन् । उता यस अघि वार्ड अध्यक्ष कृष्ण श्रेष्ठले नगरपालिकाबाट १७८ डोज खोप यहाँ आएको बताएका थिए । सबैको नाम लिस्ट सहित लगाएको पनि उनले बताएका थिए ।आज नै स्वास्थ चौकी सोही प्रकारको एक विज्ञप्ती जारी गरेको थियो । बदनाम गराउने नियतले वाङ्ला बाहिरको तस्बिर भाईरल गरेको बताइएको छ ।
प्रतिक्रिया