प्रदेश

जनताको उपचार गर्ने सरकारी अस्पताल नै संचालनमा कठिनाई भएपछि सेवा प्रभावित



चन्द्रौटा १२ साउन । नागरिकहरुको उपचार गर्ने अस्पताल नै संचालनमा कठिनाई भएपछि सेवा प्रभावित हुन थालेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ९  बहादुगंजमा रहेको जिल्लाको सबै पुरानो अस्पताल शिवराज अस्पताल संचालनमा अहिले बजेट अभाव र जनशक्ति अभाव भएको छ । वि.सं. १९९८ मा स्थापना भएको जिल्लाकै सबै भन्दा पुरानो र देश कै दोस्रो पुरानो अस्पताल अहिले कर्मचारी बजेट अभावमा जिणर् बन्दै गएको छ । सोहि अस्पतालबाट सेवा लिदै आएका नजिकै जोडिएका स्थानिय तहले वास्ता नगर्दा पनि अस्पतालमा सुधार हुन सकेको छैन । प्रदेश र संघले समेत अस्पालतको विकासमा ध्यान नदिदाँँ अस्पतालबाट सेवा लिने नागरिक प्रभावित बन्दै आएका छन । 

स्थानिय तहको निर्वाचन संगै स्थानिय तहमा गाभिएको शिवराज अस्पतालमा बजेट अभावले सेवा प्रभावित भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनु भयो । हरेक बर्ष नगरपालिकाले अस्पताल संचालनका लागि बजेट विनियोजित गर्दै आएको भए पनि अस्पतालका लागि आवश्यक उपकारण खरिदका लागि रकम नपुगेको शाहले बताउनु भयो ।

१५ शैयाको शिवराज अस्पतालमा स्थायी दरबन्दि २८ भए पनि अहिले १ जना एमबिबिएस डाक्टर सहित ८ जना मात्रै रहेको अस्पताल प्रशासनले जनाएको छ । कोरोनाको तेस्रो लहर बढ्दै गर्दा अस्पतालमा भएका १ जना एमविविएस डाक्टरले मात्रैले कोरोनाका विरामी र अनय विरामी चेकजाँच गर्न नसक्ने भएकाले दरबन्दि अनुसारको डाक्टर व्यवस्थापन गर्नु पर्ने अस्पतालका प्रमुख डाक्टर मुकेश कुमार चौधरीले बताउनु भयो । 

नगरपालिकाले ३१ जना करारमा कर्मचारी नियुक्ती गरि अस्पताल संचालन गर्दै आइरहेको छ । अस्पतालको प्रशासन शाखामा समेत कर्मचारी नहुदाँ सेवा प्रभाव प्रभावित भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । नगरपालिकाले हरेक बर्ष १ करोड बढि बजेट अस्पतालका लागि विनियोजित गर्दै आएको भए पनि त्यो रकम अपुग भएको व्यवस्थापन समितिका अध्यक्ष शाहले बताउनु भयो ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६