विचार/ब्लग

नारीले आफ्नो बारेमा सोच्नै भ्याउदैनन्



विवाह पश्चात आफ्नो बारेमा नारीले सोच्नै भ्याउदैनन् । जन्मघर छोडेर  नयाँ परिबेशमा आउदा अप्टेरा चुनौतीलाई पार लगाउन निकै कठिन हुन्छ । श्रीमानलाई रिजाउनु , सासु , ससुरा, देवर , जेठाजु , नन्द , अमाजु लगायतलाई मानमर्यादा राख्दै काम गर्नु एउटा नारीलाई मुिश्कलै पर्छ । घर भित्रको धन्दा देखि लिएर सबैको चित्त वुझाउदा नारीले आफ्नो बारेमा केहि गर्नै सोचेका हुदैन । अपवादका रुपमा बाहेक शिक्षालाई पनि निरन्तरता दिनु उनका लागि निकै चुनौती हुन्छ ।  

केबल घरको काम , परिवारको मर्यादामा बस्नु नारीको दिनचर्या हुन्छ । जति काम गर्न सक्यो तेतिनै घर परिवारको प्यारो बनिन्छ भन्ने मानसिक्ता विवाहित नारीको दिमागमा बसेको हुन्छ । जन्मेको ठाउँ , वुवा आमा चटक्कै छोडेर नयाँ ठाउँमा आएर नयाँ मान्छेहरुलाई आफ्नो बनाउने काम नारीले गर्नु पर्छ । माइतिमा मायाले हुर्केकी  नारी पराई घरमा तिता बचनलाई विष झै पिएर , धैर्यता , सहनशिलता बनी काम गर्नु पर्ने हुन्छ ।

जन्मघरमा हुर्केकी छोरी पराईघरमा काम गर्दा अप्ठ्याराहरु धैरै पर्छन । काम गर्न नजान्दा अर्थात् काम गर्न नसक्दा सिकाउनुको सट्टा माइतिको नाम लिएर घर परिवारले गाली गर्दा जवाफ दिन नसकेर पिडालाई आशुको धारामा बगाउछिन । त्यै पनि कसैले देख्छ कि भनि अध्यारो कुनामा गएर कसैले नसुन्ने गरि डाको छोडेर रुन्छीन 

 अनि फेरी आफुलाई सम्हालेर काममा लाग्छीन । घर धन्दा , चुलो चौको गर्दा उनको समय व्यतित हुन्छ । घरमा धैरै काम गरेर कसरी सासु ससुरालाई खुशी पार्ने , श्रीमानलाई खुशी पार्ने भन्नेमै धैरै नारीको समय खर्चिन्छ । नचिनेको ठाउँमा नयाँ मानिसलाई रिजाउदा पक्कै पनि कठिन हुन्छ नै । नारीले  छोरा , छोरी जन्माउनु पर्ने अर्को पनि चुनौती छ दै छ । समयमा छोरा छोरी नजन्माए , लौ सन्तान भएनन् भनी अर्को विवाह गर्न उक्साउने घर परिवार पनि हुन्छ ।         कामै कामको वोझमा नारीले समयलाई धकेल्नु पर्ने  हुन्छ । छोरा छोरी जन्माउने , हुर्काउने , पढाउने गर्दामै समय जान्छ । पुरुषलाई भने खासै प्रगतीमा अवरोध सृजना हुदैन  ।

घर परिवारले पनि छोराले पढ्नै पर्छ  , डाक्टर , इन्जिनियर , पाइलट बन्नै  पर्छ भनि  दबाब दिन्छन भने वुहारीलाई घरमै बस्नु पर्छ , घरधन्दा गर्नु पर्छ  भन्ने गरिन्छ । यति सम्म कि पढाउने खर्च पुग्दैन भने घर खेत बेचेर पनि छोरालाई अध्ययन गराउन तयार रहन्छन । नारी अर्थात् वुहारीलाई पढ्ने कुरा गर्दा घरको काम कस्ले गर्छ भन्दै रोकिन्छ ।  सासु , ससुरालाई , श्रीमानलाई , छोरा छोरीलाई मिठो खुवाउनु पर्छ भन्दै आफुले जस्तो पनि खाएर बस्ने नारी धैरै जसो अस्वस्थ पनि हुने गर्छन ।                           धैरै जसो नारीले आफ्नो बारेमा सोच्नै नपाएका कारण आफु भित्रको खुबीलाई दबाएर बस्न बाध्य हुन्छन  । काम विशेषले केहि दिन घर छोड्दा अनि पुःन घर फर्किदा घर सम्हाल्न झनै कठिन हुन्छ । 

पुरुषले जत्तिकै समय र अवसर पाउने हो भने नारीमा अपार क्षमता   छ । तर त्यो क्षमतालाई प्रयोगमा ल्याउनै उनलाई फुर्सद छैन । घर परिवार जसरी व्यवस्थित गर्ने क्षमता नारीमा छ त्यसलाई वाहिर ल्याउने हो भने समाज , राष्ट्र व्यवस्थित हुने छ । 

अब नारीले आफ्नो लागि पनि समय छुट्याउनु पर्छ , घर परिवारले पनि साथ र सहयोग गर्नु पर्छ । नारीमा अथाहा शक्ति छ । त्यो शक्तिलाई प्रयोगमा ल्याउदा राष्ट्र समृद्ध बन्छ भन्ने कुरा अब घर परिवार , समाज र राष्ट्रले सोच्नु पर्ने हुन्छ । धैरै चरणका समस्याहरु पार गर्दै जादा एउटा नारी अब्बल  भएकी हुन्छीन ।    समन्वयकारी भुमिका , निस्वार्थपन , सुशासन  लगायतमा अब्बल रहन्छीन नारी । त्यसैले अब अरुको लागि मात्र होइन , नारीले आफ्नो बारेमा पनि सोच्ने गरौे । 

प्रकाशित : १४ श्रावण २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६