कपिलवस्तु २० साउन । विजयनगर गाउँपालिका महिलाप्रति उत्तरदायी बन्दै गएको छ । पालिकाले महिलाहरुलाई जिविकोपार्जन गराउन उनीहरुको आवश्यकता अनुरुप विभिन्न सिपमुलक कार्यक्रम गर्दै आएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउदा महिला माथि हुने कुनै पनि प्रकारका हिंसा रोक्न मद्धत मिल्ने पालिकाले अपेक्षा लिएको छ । उपाध्यक्ष सँग जनता कार्यक्रम अन्तरगत कोभिडले गर्दा समस्यामा परेका गरीब , बिपन्न महिलाहरुलाई खाद्यान्न बितरण गरिएको छ ।
प्रति व्यक्तिलाई ५० किलो चामल , ५ किलो दाल लगायतका सामग्रीहरु बितरण गरिएको छ । खाद्यान्न पाए पछि बिपन्न गरिब महिलाहरुको मुहारमा खुशी छाएको थियो । खानपानमा गरीब , बिपन्न महिलाहरुलाई सहज होस भन्ने उद्देश्यले खाद्यान्न बितरण गरिएको बिजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जानकारी दिनु भयो । त्यस्तै पालिकाले ३० जना दलित महिलाहरुलाई जिविकोपार्जनमा सजिलो होस भन्ने अभिप्रायले सिलाउने मेशिन प्रदान गरेको छ । साथै मधेशी मुस्लिम ३० जना महिलाहरुलाई पनि सिलाउने मेशिन बितरण गरिएको छ।
ति महिलाहरुलाई ३ महिने सिलाईकटाई तालिम दिए पछि सिलाउने मेशिन दिइएको हो । पालिकाले २३ जनाको महिला समुहलाई झोला बनाउने सिप दिएको छ ।पालिकाले महिला समुहलाई कोशेली घर समेत बनाएको छ । सोहि घरबाट समुहका महिलाहरुले सामुहिक रुपमा झोला उत्पादन गर्ने , सिलाई कटाई सिकाउने गरेका छन । १० लाखको लागतमा पालिकाले कोशेली घर निमार्ण गरेको हो । उक्त घरमा महिला समुहले सामुहिक व्यवसाय गरेका छन । समुहका सदस्य महिलाहरुलाई ४ वटा बोका बितरण गरिएको छ । पालिकाका एकल , बिपन्न गरि ६० जना महिलाहरुलाई आयआर्जका लागि ६० वटा बाख्रा बितरण गरिएको छ ।
समुहका ३१ जना महिला सदस्यलाई बाख्रा बितरण गरिएको छ । गाउँपालिकामा रहेका धैरै जसो महिलालाई जिविको पार्जनमा सजिलो होस भन्ने अभिप्रायले महिलाहरुलाइ ब्युटिपार्लर लगायतका सिप प्रदान गरेको पालिकाका अध्यक्ष गोपाल थापाले बताउनु भयो । “पालिका भित्र कोहि पनि महिला बेरोजगार भएर बस्न नपरोस भन्ने उद्देश्य हामीले लिएका छौ , “अध्यक्ष थापाले भन्नु भयो । २०५८ सालको जनगणना अनुसार पालिकामा १८ हजार १०३ जना महिला छन् ।
त्यस्तै पालिकाले अर्को महत्वपुर्ण कार्य छोरी पढाऔं निति अगाडि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनु भयो । ‘परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले रु १५ हजार बचत गर्छ र त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तीमा रु पाँच हजार वा त्योभन्दा बढी रकम जम्मा गर्न लगाइन्छ”, उहाँले भन्नु भयो । उक्त रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो ।
उक्त रकम पाउन गाउँपालिकाले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा जाँच गरे नगरेको रिपोर्ट कार्ड अनिवार्य समेत गराएको छ । त्यसले गर्दा गर्भावस्थामा जाँच गर्नेको सङ्ख्यामा वृद्धि हुने गाउँपालिकाको अपेक्षा छ । गर्भवतीले अनिवार्य बर्थिङ सेन्टरमा शिशु जन्माउनुपर्ने छ ।कार्यक्रममार्फत शिशु जन्मेको ३५ दिनमा नै जन्मदर्ता गराइ सक्नुपर्ने व्यवस्था रहेकाले जन्म दर्ता पनि समयमा नै हुने अध्यक्ष थापाले बताउनु भयो । गाउँपालिकाले पहिलो छोरीको खातामा जम्मा गरिदिने उक्त रकमले उनलाई उच्च शिक्षा पढाउने भार पनि कम हुने र बिहेवारी गर्दा लाग्ने खर्चमा समेत राहत पुग्ने गाउँपालिकाको विश्वास छ ।
नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाले हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छात्रालाई साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति समेत वितरण गर्दै आइरहेको छ । २०५८ सालको जनगणना अनुसार पालिकामा १८ हजार १०३ जना महिला छन् ।
प्रतिक्रिया