अन्तर्राष्ट्रिय

१५ दिनमा १५ लाखका अबैध सामान पक्राऊ



कपिलवस्तु ९ भदौ ।कपिलवस्तुको नेपाल भारत सीमा स्थित रहेको बिओपी मर्यादापुरले १५ दिनमा लगभग १५ लाख बढीका अवैध औषधी लगायत बिभिन्न किसिमका बरामद गरी भन्सार पठाएको छ । बिओपी मर्यादापुरबाट खट्ने सशस्त्र प्रहरीको टोलीले यशोधरा गाउँपालिका का बिभिन्न नाका बाट भन्सार छलेर ल्याउँदै गरेको अवैध औषधी तथा अन्य सामान बरामद गरेका करिब १५ लाख रुपैया बराबरकोे सामानहरु सुठौली भन्सार कार्यालय पठाएको हो ।

  मर्यादपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १५ लाख बढी बरावरको लत्ताकपडा, सटिङ्ग सुटिङ्गका सामान,कस्मेटिक सामान सहित १ वटा भारतिय मोटर साइकल समेत पक्राउ गरेकोछ।

  त्यहाँका विभिन्न नाकाबाट तस्करी भइरहेको खबर जानकारी भइरहदा बि ओपी मर्यादापुरले अवैध रूपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाइ गरे सँगै पछिल्लो समयमा सीमा क्षेत्रमा विभिन्न सामानहरू बरामद हुने क्रम बढेको छ । अहिले  सशस्त्र प्रहरीका बि ओपी मर्यादापुरका इन्चार्ज एवम् सशस्त्र प्रहरी निरीक्षक शङ्कर सिंह को कमान्डमा गएको ७ जनाको मोबाइल टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा सामानहरु पक्राउ गर्ने प्रक्रियालाई तिब्रता दिइएको हो । 



प्रकाशित : ९ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६