अर्थ-वाणिज्य

कपिलवस्तु कांग्रेसको चुनाव गराउने जिम्मा ९६ शिक्षकलाई



कपिलवस्तु ४ असोज।कांग्रेसको चौधौ महाधित्रेशन नजिकिदै जादा कपिलवस्तुमा पनि चुनावी सरगर्मी बढेको छ । गाउ देखि शहर सम्म तथा चोक चोकमा रहेका चिया पसल देखि सरकारी कार्यालय सम्म कांग्रेसकै चुनावको चर्चा चल्ने गरेको छ । क्रियाशील सदस्यको बिवाद टुंगीएसंगै कांग्रेसको कन्द्रिय कार्यालयले क्रियाशील सदस्यताको नामवली समेत पठाई सकेको छ । 

निर्वाचनकालागि केन्द्रिय प्रतिनिधि घनश्याम पन्त  शनिवार नै कपिलवस्तु आई पुगेका छन । उनले निर्वाचन तोकिएकै तालिका अनुसार गराउन कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्य सहीत कार्य समिति संग भेटघाट गरी आवश्यक परामर्श गरेको बताए । भदौ ५ गतेका लागि ९६ वडाका लागि तोकिएको  वडा अधिबेशन गराउन नै आफनो अहिले ध्यान केन्द्रित रहेको उनले बताए । 

उनले निर्वाचनकालागि शिक्षक संघका सदस्यहरुसग  आवश्यक छलफल गरी वडा अधिबेशन गराउन ९६ वटा शिक्षकको नामावली माग गरेको उनले बताए । ‘ लिस्ट पाए पछि वडा निर्वाचन अधिकृतकारुपमा उनीहरुलाई आवश्यक निर्वाचन सामाग्री सहीत पठाउने छौ ’ उनले भने ।वडा निर्वाचन कै बिषयमा आईतावार कांग्रेसको तौलिहवा स्थित कार्यालयमा बैठक बसी समायोजन भएका सदस्यहरुको क्रियाशली सदस्यको लिस्ट आईतवार साझ सम्म आए भदौ ५ मै वडा अधिबेशन गर्ने निर्णय भएको पार्टी सभापति सुरेन्द्रराज आचार्यले बताए । 

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६