प्रदेश

कांग्रेस अधिबशनको रौनकता : गाउ नगरमा को को गर्दैछन् प्रतिस्पर्धा ?



कपिलवस्तु १३ असोज । नेपाली कांग्रेको १४ औ महाधिवेशनको कार्यातालिका अनुसार आज कपिलबस्तु सहित देशका विभिन्न जिल्लाका पालिकाहरुमा अधिवेशन हुदैछ । सोही क्रममा शोसियल मिडिया एवम आम संचारका माध्यमबाट कांग्रेस कार्यकर्ताहरुले आफुलाई पालिका अधिवेशनको लागि विभिन्न तहमा उम्मेदवारी दर्ता गर्ने क्रम तिब भएको छ ।

जस अनुसार कपिलबस्तुको सबै भन्दाा पुरानो नगरपालिका कपिलबस्तु नगरपालिका तौहिवामा सरकारी जागीरबाट रिर्टायड भएका खुर्सेदअहमद खां देखि लिएर नेविसघंको राजनिती गर्दै गरेका प्रशान्त कार्की सम्म ले नगर सभापतिको उम्मेदवारको रुपमा आफुलाई अघि सारेका छन् । त्यसैगरी कांग्रेसका युवा गोपि कृष्ण शर्माले पनि नगर सभापतिमा दाबी प्रस्तुत गर्नुभएको छ ।

यता बाणगंगामा विरेन्द्र श्रेष्ठ, विष्णु थापा, रविराज आचार्य, लगाएतले नगर सभापतीको उम्मेदवार घोषणा गर्दैै मत मागग्न सुरु गरेका छन् । शिवराज नगरपालिकामा सामुदायिक रेडियो प्रसारक सघंका प्रदेश अध्यक्ष रहेका राजु खरालले नगर सभापतीमा उम्मेदवारी दीने घोषणा गर्नु भएको छ र उहा जस्तै अन्य तिन जना पनि उम्मेदवार घोषणा गरेका छन् । 

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६