कपिलवस्तु, १३ असोज।नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तु जिल्लामा बुधवार नगर तथा गाउँ अधिवेशन सुरु भएको छ । जिल्लाका १० पालिका मध्ये ९ पालिकामा आज अधिवेशन अन्तरगत चुनाव भयको छ । दश पालिकामा कूल ती २३ जनाले सभापति पदको लागि उम्मेदवारी दिएको मध्ये एक महिला मात्र प्रतिस्पर्धामा छन ।
सभापतिका लागि जिल्ला भरीमा १ महिलाको मात्र उम्मेदवारी परेको छ । कपिलवस्तु नगरपालिकाको नगर सभापतिका लागी नगर समितिका पूर्व सचिव माया ज्ञवालीले उम्मेदवारी दिएकी हुन ।जिल्लामा रही सामाजिक अभियन्ता र मानव अधिकारको क्षेत्रमा पैरवी गर्दै आएकी ज्ञवालीले उम्मेदवारी दर्ता गर्नु भएको छ । महिलाले पनि अवसर पाएर पुरुषले जस्तो काम गरेर देखाउन सक्छन् भन्ने देखाउनको लागि उम्मेदवारी दिएको ज्ञवालीले बताइन् । २०६५ सालमा क्रियाशील सदस्य बनेकी ज्ञवाली गुटमा नलागी साझा उम्मेदवार बनेकी हुन । विभिन्न कार्यक्रममा सहभागिता हुँदा महिलाहरूले नेतृत्वमा लिनु पर्ने आवाज उठेपछि उनले सभापतिको पदमा उठ्ने निर्णय लिएकी हुन् । सभापतिको उम्मेदवारी परे सँगै उनलाई फिर्ता लिन समेत दबाब आएको बताइन । महिला प्रति आत्मबल बढाउनको लागि भए पनि उम्मेदवारी जारी रहेकोउनले बताइन ।
कुनै गुट तर्फ नलागे पनि ज्ञवालीले गरेको सामाजिक कामले उनलाई समर्थन गर्नेको सङ्ख्या धेरै रहेको काँग्रेस नेता आर एन ठाकुर बत्ताउँछन् । ज्ञवाली सँगै थप ३ जना पुरुष प्रतिस्पर्धा गर्ने भएका छन् । नगर सभापतिका लागि ज्ञवाली सँगै गोपी कृष्ण शर्मा, प्रशान्त कार्की, खुर्सेद अहमद खाँले निर्वाचन लडेका छन ।








प्रतिक्रिया