कपिलवस्तु, १९ असोज । कपिलवस्तुको सबैभन्दा ठूलो सामुदायिक वनका रुपमा रहेको श्रीङ्गीघाट सामुदायिक वनको अध्यक्षमा गशेण बहादुर सिंह ठकुरी विजयी हुनुभएको छ । सोमबार साँझपख निर्वाचन सकिए पछि राति साढे ११ बजे मत गणना सकिएको थियो ।
ठकुरीले निवर्तमान अध्यक्ष रेनु सेनलाई पराजित गर्नुभएको हो । ठकुरी निर्वाचित भएपछी श्रृङ्गीघाट सामुदायिक बनमा आर्थिक अनियमितता नहुने , बन संरक्षण तथा शुसानमा कमि नआउने र सामाजिक बिकासका लागि काम हुने उपभोक्ताले आसा गरेका छन । विजयी ठकुरीले ९१ मत पाउनुभयो भने, सेनले ५९ मत पाउनुभएको छ । १ सय ५४ प्रतिनिधिमुलक मत अन्तरगत १ सय ५० मत खसेको थियो ।यस्तै उपाध्यक्षमा बुद्धबहादुर शाहीले ८० मत प्राप्त गरि विजयी हासिल गर्नुभएको छ । सोही पदका उम्मेदवार जंग बहादुर क्षेत्रीले ६९ मत पाउनुभएको छ ।
सचिवमा सुष्मा खाँणले ८९ मत पाएर विजयी हुनुभएको छ भने ओम बहादुर जिसीले ५५ मत ल्याई पराजित हुनुभएको छ । कोषाध्यक्षमा हरि प्रसाद पौडेलले ८२ मत पाउनुभयो भने मिरा चौधरीले ६५ मत ल्याएर पराजित हुुनुभयो । सह सहसचिवमा तिल कुमारी रानाले ७९ मत ल्याउन जित्दा सुनिता सेनले ६२ मत ल्याएर पराजित हुनुभयो ।वनमा सेनको प्यानललाई एमालेले समर्थन गरेको थियो भने ठकुरीलाई अन्य पार्टीले समर्थन गरेका थिए । वनको चुनावमा सबैजसो संयुक्त प्यानलबाट निर्वाचित भएका छन् ।








प्रतिक्रिया