कपिलवस्तु १९ असोज । सरकारले प्रशासन सेवाका सहसचिव रविलाल पन्थलाई विशिष्ट श्रेणी अर्थात सचिवमा बढुवा गरेको छ । मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पन्थलाई विशिष्ट श्रेणीमा बढुवा गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रालयमा सचिवमा कार्यरत पन्थ प्रशासन सेवाका दक्ष र कर्मठ सहसचिव थिए। यस्तै रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ भने ऋण असुली न्यायाधिकरणको रिक्त कानुन सदस्यमा कानुन मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मी नियुक्त भएका छन् ।
यस्तै असोज २४ गतेदेखि असोज २८ गतेसम्म पररष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलन (कमोरेटिभ हाइ लेभल मिटिङ) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको गठन गरिएको छ भने विद्युतीय राहदानीमा उल्लेख हुने सुरक्षा विशेषताहरु स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको कानुनमन्त्री कार्कीले बताए।








प्रतिक्रिया