जीवनशैली

लोपोन्मुख नटुवा बालवालिकालाई शैक्षिक सामाग्री : उज्जवल थापा फाउण्डेशनले पुरायो सहयोग



कपिलवस्तु २१ असोज। कपिलवस्तुको शुद्धोधन गाउपालिकामा बस्ने नटुवा समुदायका ७८ वालवालिकालाई शैक्षिक सामाग्र्री हस्तान्तरण गरिएको छ । उज्जवल थापा फाउण्डेशनको सहयोग र माहुरी होक कपिलवस्तुको समन्वयमा ती सामाग्री वितरण गरिएकोहो । माहुरी होमको समन्वय एंव सहकार्यमा शुद्धोदन गाउँ पालिकाको अशुरैना र प्रगति नगरका अल्पसंख्यक लोपोन्मुख नटुवा समुदायका ३१ घर धुरी का ७८ जना बालबलिकाहरुलाई एक समारोह बिच शैक्षिक सामग्रीको प्याकेज युक्त झोला  वितरण गरिएकोछ ।         

 गाउँपालिका अध्य्क्ष निशार अहमद खानको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा   अन्तरराष्ट्रीय भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्रीले वितरण शुभारम्भ गर्दै नटुवाहरु प्रति राज्य र गैर राज्यको चासो बढेर गएमात्र उनीहरु शिक्षित हुने तर्क गर्नु भयो ।      

 कार्यक्रममा नागरिक अगुवा उज्वल थापालको कोभिड विरुद्ध उपचार हुदा हुदै मृत्यू भएको र उहाकालागि   देश बिदेशबाट २४ घन्टा भित्र ६२ लाख रकम जुटेकोमा  २० लाख उपचार खर्च भई बाकी रहेको ४२ लाख रकम वहाँको परिवार र वहाँका साथीहरुले उज्वल थापा मेमोरियल फण्ड स्थापना सोही कोषवाट नटुवा बालवालिकाकालाई सामाग्री वितरण गरिएको  जानकारी गराइएको थियो ।  

नवलपरासी देखी नेपालगन्ज सम्म छरिएर रहेका अल्पसंख्यक लोपोउन्मुख नटुवा समुदायका बालिलिकाहरुको शिक्षामा पहुँच अभिवृद्धि का लागी शैक्षिक सामग्री बितरण गर्दै माहुरी होमका अध्यक्ष रवि ठाकुरले यी वालवालिकाको शिक्षाको सुनिश्चितता सबै मिलेर गर्नु पर्ने वताउनु भयो ।  नवलपरासी देखी नेपालगन्ज सम्मका झण्डै ४०० बालबालिका माझ पुग्ने ठाकुरले जानकारी गराउनु भयो । 

 कार्यक्रममा द्धोदन गाउँ पालिकाका अध्य्क्ष निशार अहमद खानले शैक्षिक सामग्री बितरण गर्दै माहुरीहोमका  अध्यक्ष  रवि ठाकुर सहितको टीमको साझा अभियानको सह्राना गर्दै नटुवालाई ध्यान दिएकोमा खुसी ब्यक्त गर्नु भयो । नटुवा बालबालिकाहरुलाई शिक्षामा पहुँच अभिवृद्धिका लागी शैक्षिक क्षात्रबृति दिन  मलाई माहुरी होमले आग्रह गरेपछि मैले प्रत्येक बच्चा प्रति महिना रु ५००   शैक्षिक क्षात्रबृति दिन सुरु गरेको भन्दै अध्यक्ष खाँले आगामी दिनमा अझ बढाएर दिने घोषणा गर्नु भयो । 

                                  

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६