अर्थ-वाणिज्य

रुपन्देही उद्योग संघको अध्यक्षमा पौडेल निर्विरोध



रुपन्देही २२ असोज । रुपन्देही उद्योग संघको २२ औ अधिवेशनबाट माधव पौडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा माधव पौडेलको एकल उम्मेदवारी परेको थियो । पौडेल निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको भएपनि महासचिव पदमा भने निर्वाचन हुने संकेत देखिएको छ ।

निर्वाचन आयोगका अनुसार महासचिव पदमा हरिबहादुर खत्री र माया खनालको उम्मेदवारी परेको छ भने सचिव पदमा वसन्त ढकाल र यमलाल भट्टराईको उम्मेदवारी परेको छ । उम्मेदवारी मनोनयनको अन्तिम समय सम्म अध्यक्ष लगायतका अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्ष पदमा जीवकान्त काफ्लेको मात्रै एकल उम्मेदवारी परेको छ ।  संघको आगामी नेतृत्वका लागि आज उम्मेदवारी मनोनयनको तालिका रहेको थियो भने साधारणसभाको उद्घाटन असोज २३ गते बुटवलमा हुँदैछ ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६