प्रदेश

शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न लागिपर्छुः मन्त्री पौडेल



काठमाण्डौ, २२ असोज ।  नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताउनुभएको छ ।

आज शुक्रवार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमूल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताउनुभएको हो । उहाँले आफूले देश र नागरिकको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम निकाल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षाका समस्याहरू छन् । शिक्षा मन्त्रालयले पहिलेदेखि नै केही सुधार गर्ने प्रयत्न गरेको छ । म आफ्नो लागि वा कसैको लागि व्यक्तिगत प्रयोजनका लागि भन्दा पनि शिक्षामा आमूल परिवर्तन गर्ने प्रयत्न गर्नेछु र त्यसको साथसाथै देश र नागरिकको पक्षमा शैक्षिक क्षेत्रबाट हुनुपर्ने कामहरूको निम्ति अहोरात्र खटेर परिणाम निकाल्ने प्रयत्न गर्नेछु ।’

मन्त्री पौडेलले समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो अधिकतम प्रयत्न रहने उल्लेख गर्नुभयो ।

प्रकाशित : २३ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६