भारत १ कात्तिक। भारतको केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा गत सोमवारदेखि सेना र चरमपन्थी विद्रोहीहरु बिच मुठभेड चल्दैछ। सीमावर्ती क्षेत्र पुंछमा सात दिनदेखि भइरहेको मुठभेडमा ९ जनाको सैनिकको मृत्यु भइसकेको छ। सेनाले गत सोमवारदेखि पुंछभन्दा केही टाढा रहेको सरनकोटबाट चरमपन्थीविरुद्ध कारवाही सुरु गरेको थियो। अभियानको पहिलो दिन नै सेनाको पाँच जवानको मृत्यु भएको थियो। दुई दिनपछि भएको झडपमा थप दुई सैनिकको मृत्यु भएको बताइएको छ।सेनासँगको मुठभेडमा २० भन्दा बढी आतंककारी मारिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्
१ कार्तिक २०७८, सोमबार
प्रतिक्रिया