अन्तर्राष्ट्रिय

डब्ल्यूएचओको चेतावनी युरोप फेरि कोरोना महामारीको केन्द्र बन्दै ।



काठमाण्डौ, १९ कार्तिक । युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । युरोपभर कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको डब्ल्यूएचओले जनाएको हो ।

डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले आउँदो फेब्रुअरीसम्ममा युरोप महादेशमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या थप पाँच लाखभन्दा धेरै हुनसक्ने अनुमान गरिएको बताउनुभयो । क्लुग्अले खोप पर्याप्त नलगाउँदा सङ्क्रमित बढेको भन्दै खोप अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको बीबीसीले जनाएको छ ।

सङ्क्रमण बढ्दै गएकोमा चिन्ता गर्नुभन्दा सुरुमै सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्ने उहाँको भनाइ छ । सङ्क्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको मानिएको छ । जनस्वास्थ्यका विज्ञले पनि सङ्क्रमणको चौथो लहरले स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने र धेरै सङ्ख्यामा मानिसको ज्यान जानसक्ने भन्दै चिन्ता गरेका छन् ।

प्रकाशित : १९ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६