अन्तर्राष्ट्रिय

न्युजिल्यान्डमा इच्छा अनुसार मर्न पाउने कानुनी व्यवस्था लागू



काठमाण्डौ, २२ कार्तिक । न्युजिल्यान्डमा इच्छा–मृत्युले कानुनी रुप पाएको छ । अब न्युजिल्यान्डमा इच्छाअनुसार मृत्यु वरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको छ । यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियाले इच्छा मृत्युलाई कानुनी मान्यता दिइसकेका छन् ।

न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका व्यक्तिमा मात्र लागू हुने बीबीसीले जनाएको छ । न्युजिल्यान्डमा इच्छा मृत्युका विषयमा भएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस कानुनका पक्षमा आएको थियो । इच्छा मृत्युलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा न्युजिल्यान्डमा लामो समयदेखि बहस भइरहेको थियो ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६