कपिलवस्तु २८ कार्तिक । कार्तिक २६ र २७ गतेको २ दिनको कसरतमा कपिलवस्तुका सबै क्षेत्रमा सर्वसहमत प्रतिनिधी छानिएपछि एमाले नेतृत्व उत्साहित भएको छ ।त्यसमा पनि सबैभन्दा धेरै संगठित सदस्य रहेको क्षेत्र नं १ मा एकैदिनको प्रयासमा कुनै विवाद विना सहमतिमा प्रतिनिधी छानिएपछि आफू अत्यन्तै उत्साहित भएको एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले वताउनु भयो ।
उहाले भन्नु भयो नेतृत्वले विववेक सम्मत निष्कर्ष निकालेर राखेको प्रस्ताव सबैले सहर्ष स्वीकारर्नु भयो यो एमालेका लागि निकै सुखद क्षण हो उहाले वताउनु भयो । अव केन्द्रिय महाधिबेशनपछि जिल्ला अधिबेशनको माहोल तात्ने उहाले बताउनु भयो । जिल्ला अधिबेशनवाट समेत सहमतिकै आधारमा नेतृत्व छनौट हुने उहाले आकलन गर्नु भयो ।
नेकपा एमालेले कपिलबस्तुका ३ वटै निर्वाचन क्षेत्रवाट सर्बसहमत रुपमा १८ जना महाधिबेशन प्रतिनिधी चयन गरेको छ । क्षेत्र नं १ वाट २ महिला सहित ८ जना ,क्षेत्र नं २ वाट १ महिला सहित ४ जना ,क्षेत्र नं ३ वाट १ महिला सहित ४ जना र दलित निर्वाचन क्षेत्रवाट १ महिला सहित २ जना , जनजाती तर्फ १ जना गरी जम्मा १८ जना छानिएका हुन् ।
महाधिबेनकालागि छानिएका प्रतिनिधी तर्फ ५ महिला , २ मुसलमान , २ मधेसी , २ दलित सहित समाबेशी रुपमा छानिएका छन् । महाधिबेशनमा खासगरी क्षेत्र नं १ ,३ र दलितवाट १÷१ जना यूवा समेत छानिएका छन् । यसका आधारमा यूवा समेत समाबेशी रुपमा छानिएको भन्दै एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले एमाले साँचो अर्थमा सबैको साझा भएको दावि गर्नु भयो ।
विधान अनुसार पूर्ण समाबेशी रुपमा महाधिबेशन प्रतिनिधी चयन भएका हुन् । सबै भन्दा पछिल्लो विवरण अनुसार क्षेत्र नं ३ मा लामो कसरत पछि सर्बसहमत रुपमा १ महिला सहित ४ प्रतिनिधी छानिएका छन्। जस अनुसार जिल्ला नेता उपेन्द्र खनाल , टोपलाल पोखरेल , मेहताव आलम र कमला भुसाल छानिएका हुन् । क्षेत्र नं. २ मा समेत सर्बसहमत नेतृत्व चयन गरिएको छ ।जसनुसार जिल्ला उपाध्यक्ष बाबुराम खनाल प्रदेश नेता टेकराज पौडेल र आजाद अहमद दर्जी सर्बसहमत रुपमा चयन हुनु भयो भने महिला तर्फ लक्ष्मी न्यौपाने निर्वचित हुनु भएको हो ।
यता क्षेत्र न १ मा हिजो साझ नै सर्वसम्मत रुपमा ८ जना महाधिवेशन प्रतिनिधी छनौट भएका छन् । जस अनुसार जिल्ला अध्यक्ष झविलाल पोख्रेल, प्रदेश सांसद विष्णु पन्थी, प्रदेश नेता डम्मर शर्मा, उपसचिव विश्राम चौधरी, जिल्ला नेता घरभरन यादव, र विश्व कार्की सर्वसम्मत रुपमा चयन हुनुभएको हो । यसै गरी महिला तर्फ प्रभा पौडेल र शान्ता पाण्डे छनौट हुनु भएको छ ।
यता दलित तर्फवाट कपिलवस्तुमा २ जना चयन हुनु भएको छ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा कपिलवस्तु जिल्लामा दलित निर्वाचन क्षेत्रवाट शान्तिदेवी हरिजन र सि बी गहतराज सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो । नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन यहि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुदै छ ।
प्रतिक्रिया