जीवनशैली

शिक्षा मन्त्रालयका उपसचिव कपिलवस्तुवासी अर्यालको निधन



कपिलवस्तु २७ कार्तिक । कपिलवस्तुका वासिन्दा समेत रहनु भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ । उहालाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए । 

मन्त्रालयका निमित्त सचिव डा हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नु भएको छ । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । यता एमाले बाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोखरेलले  एक शोक बिज्ञप्ती प्रकासित गर्दै नेकपा एमाले बाणगंगा ५ वडा कमिटी अध्यक्ष बाबुराम अर्यालका भाई ढुण्डिराज अर्यालको अकल्पनिय निधनको खबरले अत्यन्त स्तब्ध र मर्माहत भएकेो उल्लेख गर्नु भएको छ । 

दुःखको यस घडिमा दिवङ्गत मित्र ढुण्डि प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सम्पुर्ण परिवार आफन्तजनहरुमा गहिरो समवेदना प्रकट गर्दछु उहाको शोक बिज्ञप्तीमा उल्लेख छ । अर्याल लामो समय जिल्ला शिक्षा कार्यलय कपिलवस्तुमा शाखा अधिकृतको रुपमा समेत रहनु भएको थियो । 

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६