प्रदेश

एमालेको महाधिवेशन प्रतिनिधिमा १८जना पत्रकार चयन



काठमाडौं ३० कार्तिक । नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधिमा १८जना पत्रकार  चयन भएका छन् ।प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् ।एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ । एक हजार ९९९ प्रतिनिधि सहभागी हुने महाधिवेशनले एमालेको भावी नेतृत्व चयन गर्ने छ ।

पर्साबाट मात्र तीनजना पत्रकार महाधिवेशन प्रतिनिधि भएका छन् । प्रतिनिधि भएका पत्रकार मध्ये केही जनप्रतिनिधिसमेत छन् । उनीहरु पत्रकार महासंघको समेत सदस्य छन्।

को कहाँबाट ?
गणेश बस्नेत, प्रेस चौतारी
गगन बिष्ट, प्रेस चौतारी
राजेन्द्र अर्याल, प्रेस चौतारी
मोहन चापागाईं, रुपन्देही जिल्ला
निर्मला शर्मा, प्रेस चौतारी
एलबी शेख, पर्सा जिल्ला
टीका बिष्ट, प्रेस चौतारी
कुशलबाबु बस्नेत, उदयपुर जिल्ला
महेश दास, पर्सा जिल्ला
अरबिन्द सिंह, पर्सा जिल्ला
के. बस्नेत, दोलखा जिल्ला
नारायण शाह, रुकुम जिल्ला
इश्वरी जीएम, रोल्पा जिल्ला
गायत्री आचार्य, दोलखा जिल्ला
कालिका पाठक, दोलखा जिल्ला
करण ताम्राकार, डडेलधुरा जिल्ला
सुन्दर जैरू, डडेलधुरा जिल्ला
श्याम बस्नेत, वाग्मती सम्पर्क समन्वय कमिटी

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६