कपिलवस्तु ४ मंसिर । कपिलवस्तु ४ मंसिर । आज कांग्रेसले प्रदेश सभा क्षेत्र स्तरमा महाधिबेशन गर्दैछ । एकदिनपछि केन्द्रिय महाधिबेशनका प्रतिनिधी छनौट गर्दैछ ।माओवादीले वडास्तरको अधिबेशन समेत आज गर्दैछ । केहि दिन अघि एमालेले केन्द्रिय महाधिबेशनका प्रतिनिधीहरु छानेकोछ । यी देशका ३ शक्तिशाली पार्टीहुन् । पार्टीको आन्तरीक सत्तामा पुग्न कार्यकर्तामा उत्साह र हौसला सबैमा उत्तिकै बढी देखिन्छ ।
कांग्रेस कार्यकर्ताहरु राष्ट्रिय माहोल आफूहरुको पक्षमा भएको भन्दै एमाले फुटेको भन्दै उत्साहित छन् ।एमालेका कार्यकर्ताहरु पार्टीमा फरकधारका नेता कार्यकर्ताहरु वाहिरीएपछि अनुशासिनत र मिलटिरी शैलीको चुस्तदुरुस्त संगठन बन्ने आकलनका साथ उत्साहीत छन् । माओवादी केन्द्र अवसंगठन नयाँपन र फरक शैलीका साथ सुदृढ नगरे अस्तित्व नै नरहने आकलनका साथ जीवन वा मरणको क्षण ठानेर नयाँ जोस जागर र उर्जाकालागि उत्साह पूर्वक लागेकाछन् ।
राजकीय सत्ताकालागि पार्टीको सत्ता एक महत्वपूर्ण खुटकीलो हो । यसमा योग्यतम र क्षमतावान नेता कायकर््र्ताहरु छनौट गर्नु आम कार्यकर्ताको दायित्व हो । नेतृत्वले पनि निस्वार्थ रुपमा क्षमतावान कार्यकर्ता छनौट हुने वाताबरण श्रृजना गर्नु कर्तब्य हो । तर यी दुई ठूला संगठनको आन्तरीक चुनावी माहोल र प्रतिस्पर्धालाई नजिकवाट नियाल्दा केहिकुराको कमी देखिएकोछ भने केहि सकारात्मक पक्षहरु पनि उजागार भए ।
कांग्रेसलाई नियाल्दा : ब्यापक प्रचार प्रसार
सबै भन्दा पहिला हेरौ यी दुबैका चुनावमा केहि पक्षहरु हेरौ । जसमा कांग्रेस भित्र हेर्दा अधिबेशनवाट नेतृत्व छनौटकालागि डिजिटल प्रविधीको उच्चतम उपयोग भएकोछ । आकर्षक शैली र नाराका साथ प्रचार प्रसार डिजिटल शैलीवाट गरिएकोछ ।गाडी घोडाको ब्यापक परिचालन भएको छ । गाडीमा फलास ब्यानर झण्डा र ससाना पर्चा पम्पलेटको उच्चतम प्रयोग भएकोछ ।
चियापसल होटल रेष्टुरेण्ट र पार्टी प्यालेशमा भेटघाट र आफ्नो पक्षमा जनमत श्रृजनागर्न अधिकांस कार्यकर्ता भिडेका छन् । आमसंचारका माध्यममा अन्तर्वार्ता दिदै आफ्नो पक्षमा जनमत श्रृजना गर्ने काम भरपुर भएकोछ । प्यानल नै घोषणा गर्ने काम भएको छ । लाग्छ यो आम चुनावको मिनि रियल्सन नै हो । तर प्रचार प्रसार स्वस्थ्य छ । कार्यकर्तालाई मिनी चुनावसरह परिचालन गरेर निकै उत्साहीत पारेर कांग्रेसले वाजी मारेकोछ ।
एमालेलाई नियाल्दा : सघन छलफल, सर्बसहमत
जिल्ला स्तरमा आफूलाई महाधिबेशनको प्रतिनिधी भनेर अग्रिम रुपमा प्रचार गर्ने मत माग्ने काम कार्यकर्ताले गरेनन् । उम्मेदवारी दिएपछि आन्तरीक रुपमा रस्साकस्सीमा भने निकै तागत लगाए । कतिपय ठाउमा महाधिबेशन प्रतिनधी छान्न लगातार २४ घण्टा सम्म छलफल भए । कतिपय स्थानमा २ दिन नै लगाएर भएपनि सहमतिका साथ प्रतिनिधी छानिए । ठूलो संगठन भएको क्षेत्र नं १ मा भने सहजै ६/७ घण्टाभित्र प्रतिनीधी छान्ने काम गरेर एमाले कार्यकर्तामा त्यागको मात्रा उच्च रहेको आभाष दिलाएको छ ।
प्यानल वा गुट वनाउन होटल रेष्टुरेण्ट र चियापसलमा गएर भेला गर्न छलफल गर्न खर्च गर्ने पार्टीले घोषित अघोषित रुपमा प्रतिबन्द लगाएकाले प्रतिनिधी छनौटका बीचका खाजा खानामा पार्टी कमिटीकै ब्यवस्थापन भएको वताइन्छ ।तर एमालेमा केन्द्रियता वढी जनवाद कम भयो की भन्ने छनक कार्यकर्ता पंक्तिमा भएको टिप्पणी केहि ठाउकालागि भएको छ । तर एमालेको जिल्ला नेतृत्वले पूर्ण समाबेशी शैलीमा सबैलाई मिलाएर पाको पुस्तार नयाँ पुस्ताको संयोजनवाट सर्बसहमत प्रतिनिधी छानेर एमाले अव एक ढिक्का छ भन्ने गतिलो सन्देश दिन सफल भएकोछ । एमालेको शिर्ष नेतृत्वको कुरा माथिदेखि तलसम्म कार्यकर्ताले सहजै स्वीकार्छन भन्ने प्रमाणित गरेर देखाएकोछ । यो एमालेले मारेको एक वाजी नै हो । वाजी मार्नुमा पार्टी यतिबेला अरु सबैको निशानामा भएकाले कार्यकर्ताले त्यागको भावना देखाउन वाध्य भएको रुपमा धेरैले बुझका छन् ।
माओवादी केन्द्रलाई नियाल्दा :असाधारण मोड र क्षण
माओवादी केन्द्रले नेपालकै इतिहासमा पहिलो पटक असाधारण अवस्थाको बिष्लेषण गरेकोछ ।किनकी एकिकृत माओवादी आन्दोलन विभिन्न खेमामा विभक्त भएको छ । नेकपा बनेपछि एमालेसंग अदालती सम्बन्ध विच्छेद हुदा केहि महत्वपूर्ण नेता निर्वाचित जनप्रतिनिधी र कार्यकर्ता एमाले तर्फ लागेकाछन् । लामो समयदेखि आन्तरीक संगठन परिचालन विहिन छ । त्यसैले एकैसाथ हुन लागेको वडाअधिबेशनमा प्यानल बनाउन र भडकीलो रुपमा अधिबेशन गर्न रोक लगाएकोछ ।
यसबीचमा वडास्तरमा अधिबेशनकालागि जिम्मेवारी तोक्ने र कहाकसरी सर्बसहमत रुपमा नेतृत्व छनौट गर्ने भन्नेमा पार्टीले निकै मेहनत गरेर योजना बनाएको वताइएकोछ । एमालेसंगको एकता भएपछि अस्त ब्यस्त बनेको संगठन संरचनामा एमाले भित्र ओलीले एक वर्ष अघिवाट संगठन सुदृढ वनाउने चरण शुरु गर्दा सम्म एमालेको आन्तरीक विवादलाई एक महत्वपूर्ण मौकाको रुपमा उपयोग गर्न सकिने आकलन गरेको माओवादी केन्द्रले अपेक्षागरे अनुसारको विभाजन नभएपछि र पार्टी एकतावाट धोका खाएपछि अव आफ्नै संगठनको बलमा एक्लै पनि धेरै गर्न सक्नु पर्छ भन्ने भावनाका साथ माओवादी यतिबेला महाधिबेशनको माहोलमा होमिएको छ ।
विगतमा जनयुद्ध र त्यसपछिका कालखण्डका आफ्ना पुराना र नयाँ कार्यकर्ताको उचित सन्तुलन मिलाएर माओवादीलाई आन्तरीक पुनरगठन गर्ने शैलीमा यो पार्टी लागेकोछ । कांग्रेसमा जस्तो खुलाखुलस्त प्रचार प्रसार , सबै तहमा चुनाव र एमालेमा जस्तो बढी केन्द्रियता नहोस भन्ने हिसावले वडा अधिबेशन गर्ने तयारी गरेको माओवादीका जिल्ला नेताहरुको तर्कछ ।कांग्रेस एमालेलाई हेर्दै आफूलाई थप सुदृढ पार्दै जानसके माओवादीले पनि वाजी नमार्ला भन्न सकिन्न ।
राजनैतिक रुपमा जनताका नजरमा चुके :
जे होस धेरै लामोसमय सम्म संगठनात्मक रुपमा अस्तब्यस्त बनेका ३ ठूलादलको तल्लो तहसम्म जागेको र जगाइएको चुनावी सरगर्मीले जाडो मौषममा तातोपन थपेकोछ । घुमाई फिराई यी ३ दल नै भविश्यमा राजकीय सत्तामा पुग्ने भएकाले कार्यकर्तापंक्ति आसावादी भएर लागेकोछ । तर जनता सारभूत रुपमा निरास छन् । जनतालाई आसावादी तुल्याउन नसकेका ३ दल राजनीतिक रुपमा निकै चुकेका छन् । आगामी चुनावमा जनताले धान कुटेर चामल निकाल्ने हुन् वा भूस कुटेर ढुटो त्यसकालागि पर्खेर हेर्न जरुरी छ ।
प्रतिक्रिया