अर्थ-वाणिज्य

महँगी बढेको छ तर सरकार यी कुरामा गम्भीरता नदेखाइ गैरजिम्मेवार बनिरहेको छ :ज्ञवाली



चितवन, १५ मंसिर । एमालेको १० औं महाधिवेशन आउँदो चुनावमा धेरै जनादेशसहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापित हुने उद्घोष गरेको छ । मंगलबार सम्पन्न १० औं महाधिवेशनले प्रस्ताव पारित गर्दै यस्तो उद्घोष गरेको हो । महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित प्रदीप ज्ञवालीले १७ बुँदे उक्त प्रस्ताव वाचन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार दिन दिनै गैरजिम्मेवार बन्दै गएको आरोप लगाएका छन् ।

‘वर्तमान राष्ट्रिय हित र जनताप्रति गैरजिम्मेवार बन्दै गएको छ । दिनदिनै राष्ट्रिय हितमा प्रहार हुँदा पनि मौन बसेको छ’, एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले भने, ‘राज्यका तीनै अंगमा गम्भीर समस्या देखा परेको छ । महँगी बढेको छ । तर सरकार यी कुरामा गम्भीरता नदेखाइ गैरजिम्मेवार बनिरहेको छ ।’ महाधिवेशनले अहिले राज्यका तीन वटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ । तीन वटा अंगबीच विश्वास गुम्दै गएको उल्लेख गरेको हो ।

महाधिवेशनले महाधिवेशनले एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम नगर्न सरकारका ध्यानाकर्षण गराएको छ । महाधिवेशनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरेर पीडितलाई न्याय र सजाय दिने दायित्वबाट सरकार आलटाल गरिरहेको उल्लेख गर्दै अबिलम्ब पुरिपुरण गर्न माग गरेको छ ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६