प्रदेश

नगरिकलाई स्वरोजगार बनाउँन सिनर्जीले भुमिका खेल्नुपर्छः सांसद पन्थी




कपिलवस्तु, १२ पुष ।लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले नगरिकलाई स्वरोजगार बनाउँन सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भुमिका खेल्नुपर्ने बताएका छन् । सासंद पन्थीले सिनर्जीको प्रगति परिणामले प्रदेशकै अर्थ व्यवस्थामा उल्लेखीय टेवा पुराउन सक्ने बताए । सोमबार(आज) सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जितपुरको प्रारम्भिक साधारण सभालाई सम्बोधन गर्दै सासंद पन्थीले यस्तो बताएका हुन् । उनले बाणगंगामा आवश्यकता भन्दा धेरै सहकारी बाणगंगामा भएकाले सिनर्जी संग हातेमालो गरेर अगाडि बढ्न सुझाव दिए । पन्थीले साना–साना प्रयासहरु नै एकीकृत अर्थव्यवस्थाको जोड भएको बताउँदै सिनर्जी पनि त्यसको महत्वपूर्ण हिस्सा भएको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सासंद पन्थीले कुनै समय बाणगंगामा मात्र सिमित रहेको संस्थाले अहिले ४ जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाउँदै जानु आफैमा उपलब्धिमूलक कार्य रहेको बताए । शेयर सदस्य, पुँजी, कार्यक्षेत्र लगायत सबै हिसाबले सिनर्जीले आफ्नो क्षमतामा विकास गर्दै लानुपर्ने उनले बताए । संस्थालाई पारदर्शी, व्यवस्थित बनाउँदै योजनाको बाटोमा चलाउनुपर्ने आवश्यकता समेत उनले औंल्याएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले कोभिड १९ का कारण संस्थाको दीर्घकालिन लक्ष्य प्राप्तिमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकिएको बताए । कार्यक्रमका अध्यक्ष समेत रहेका बेल्बासेले बाणगंगालाई कार्यक्षेत्र बनाएका ६ वटा सहकारीलाई एकीकरण गरि संयुक्त रुपमा सम्पूर्ण काम गर्नु महत्वपूर्ण उपलब्धि रहेको दाबी गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघ लेखा संयोजक तेज प्रसाद आचार्य ,कार्यक्रम बिकास तथा अनुसन्धान उपसमितिका संयोजक डम्मर शर्मा ,सल्लाहकार समितिक सदस्य कल्पना शर्माले आआफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जीवी पन्थले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक डि।बी रेश्मीले प्रस्तुत गर्नु भएको थियो । सहकारीका अध्यक्ष बेल्वासेको अध्यक्षता र चार नम्बर सेवा केन्द्रका संयोजक शंकर पाण्डेको स्वागत, सचिव कृष्ण प्रसाद न्यौपानको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी विभिन्न संघ संस्थाका बुद्धिजिवि र समाजसेवी लगायतको उपस्थिति रहेको थियो । सहकारीले पौष १०गते बाणगंगाको वडा नम्बर ५,६,७,९को जनचेतना आधारभुत विद्यालय बनगाई ,पौष ११गते वडा नम्बर ८ को जलेश्वरधाम बोडगाँउ र पौष १२वडाको १,२,३,४,१०,११को सिनर्जी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको प्राङ्गणमा कार्यक्रम गरेको थियो ।
यसैबिच पूनह लक्ष्मण बेल्बासेको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।जसको उपाध्यक्षमा कुलराज पौडेल , सचिवमा कृष्ण प्रसाद न्यौपाने ,कोषाध्यक्षमा चिरञ्जिबी पन्थी र अन्य सदस्य पदमा रहनुभएको छ। यस्तै ३ सदस्यीय लेखा समिति पनि गठन गरिएको छ ।

प्रकाशित : १२ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६