खोज–अनुसन्धान

५ देखि ११ वर्षका वालिकाको अव खोप लगाउने पालो



काठमाडौं १३ पुस/ सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ । ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए ।

डा मरासिनीका अनुसार बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको छ । सो खोप प्राप्त भएपछि २ डोजको रुपमा ४२ लाख बालबालिकालाई पुग्ने अनुमान गरिएको डा मरासिनीले जानकारी दिए । ‘अहिले नयाँ उत्पादन भएको फाइजरको खोप ५ वर्ष देखि माथि उमेरका बालबालिकालाई लगाउन मिल्ने भनिएको छ,’ डा मरासिनीले भने, ‘५ वर्ष माथि देखि १२ वर्षसम्मका बालबालिकालाई हामीले खोप लगाउन पाएका छैनौं, अब खरिद गरेर उनीहरुलाई पनि खोप लगाउने योजना गरेका छौं।’ यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई मोर्डना र फाइजरको खोप दिइएको छ ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६