बुटवल १३ पुस । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जनवर्गिय संगठनहरु बोस उत्पादन गर्ने जस्तो खराव प्रवृत्तिका रुपमा अगाडी बढ्न थालेको बताएका छन्।प्रेस चौतारी नेपालको केन्द्रिय बैठकलाई लुम्बिनीमा सम्बोधन गर्दै विभाग प्रमुख सुब्बाले एमालेले आफ्ना जनवर्गिय संगठनहरुलाई बोस उत्पादन गर्ने नभई कमरेड र नेता बनाउने संगठनको रुपमा विकास गर्नुपर्ने बताए। ‘जनसंगठनले बोस, दाई वा बा बनाउने होईन, कमरेड बनाउने हो, नेता बनाउने हो। गुरुङले भने।
गुरुङले पार्टिका जनबर्गिय संगठनको बर्गिय संयुक्त मोर्चालाई शसक्त बनाउन सके मात्रै एमाले बलियो बन्ने भन्दै देशभक्त बाम पन्थीहरुको संयुक्त मोर्चा समेत बन्न सक्ने बताए। सोमबारदेखि सुरु भएको बैठकमा बोल्दै मोर्चा संगठन प्रमुख भानुभक्त ढकालले पत्रकारहरु भावनामा बहकिन नहुने बताए। ‘कहिलेकाहिँ पत्रकारहरु भावनामा बहकिनु हुन्छ, त्यसले पार्टी हित विपरित हुन्छ, भावनामा नबहकिनुहोस्।’ ढकालले भने।उनले पार्टीको महाधिवेशनमा पार्टी भन्दा बाहिर रकम संकलन नगरेको उल्लेख गर्दै पार्टीका जनवर्गिय संगठनहरुले पनि पार्टी र संगठन बाहिर पैसा नउठाउन सुझाव दिए। उनले संगठनहरुको खाता नखोल्ने तर सिमित ब्यक्तिका नाममा खाता संचालन गर्ने गलत प्रवृत्ति रहेको उल्लेख गर्दै त्यस्तो कामलाई अन्त्य गर्नुपर्ने बताए। उनले पार्टीभित्रैका केहि नेताहरुको व्यक्तिगत स्वार्थ अनुकल नहँुदा आफ्नै पार्टी नेतृत्वको सरकारलाई सडकमा पु¥याएपनि एमाले जनताको मनमा रहीरहेको उनले दावी गरे।
र्यक्रममा एमाले केन्द्रिय सदस्यहरु सुर्य थापा, खिमलाल भट्टराई, बिष्णु रिजाल लगायतले बोल्दै जनसंगठनहरुलाई शसक्त बनाउनुपर्ने बताएका थिए। प्रेस चौतारीको रिक्त स्थानमा विधान अनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलोपटक बसेको केन्द्रीय कमिटी बैठकले प्रेस चौतारीको नवौ राष्ट्रिय महाधिवेशन २०७८ माघ २२ गतेपोखरामा गर्ने निर्णय गरिएको संगठनका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।
प्रतिक्रिया