प्रदेश

नेपाल एकीकरणका अभियन्ताको सम्झनामा कपिलवस्तु सहित देशभर पृथ्वी जयन्ती मनाइँदै ।




कपिलवस्तु, २६ पुष ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पुष २७ मा कपिलवस्तु सहित देशभर पृथ्वी जयन्ती मनाइँदै छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।
भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ ।
यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ । यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।
पृथ्वी जयन्तीको अवसर पारेर विगत जस्तै कपिलवस्तुको बाणगंगामा रहेको बाणगंगा वेयलफेर सोसाईटिले विभिन्न कार्यक्रम गर्ने जनाएको छ । क्लवका अध्यक्ष राज कुमार खाँणले मंगलवार ४ नं चोकमा दिप प्रज्वनन , तस्वीरमा माल्यणपणर् गर्दौ एकताको सन्देश सहित कार्यक्रम गरि एकता दिवस मनाउने बताएका छन् । सो अवसरमा उनले सवै नेपालीको उचो राख्नेगरि पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरेको स्मरण सहित सवै स्थानियहरुलाई सहभागिताको लागि आह्वान समेत गरेका छन् ।

प्रकाशित : २६ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६