काठमाण्डौ, २७ पुष । नेकपा एमालेको प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सरेको छ । यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी पनि फैलिएकाले अधिवेशन सारेको उहाँले बताउनुभयो ।
२७ पुस २०७८, मंगलबार
प्रतिक्रिया