प्रदेश

प्रथम बाणगंगा सडक खाना महोत्सव कोरोनाका कारण स्थगित



कपिलवस्तु,२७ पुष ।
प्रथम बाणगंगा सडक खाना महोत्सव हालका लागी स्थगित गरिएको छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्येनजर गरि सडक खाना महोत्सव हालका लागी स्थगित हो । गृह मन्त्रालयको परिपत्र तथा कोरोनाको बढ्दो प्रभावका बीच भिडभाड, मेला, महोत्सव लगाउन उचित नहुने भएकाले हालका लागी निर्धारित प्रथम बाणगंगा सडक खाना महोत्सव स्थगित गर्नु परेको संयोजक बुद्धि बहादुर रोकाहा क्षेत्री दिनेशले जानकारी दिए ।

कोरोनाको संक्रमण दर हेरेर अनुकुल समयमा प्रथम बाणगंगा सडक खाना महोत्सव भव्यताका साथ गरिने निर्देशक सुसिल सिंह ठकुरीले बताए ।

बाणगंगा नगरपालिका वडा नं.४ को आयोजनामा यही पुस २९ र ३० गते चारनम्बर जीतपुरचोक प्रथम बाणगंगा सडक खाना महोत्सवको तयारी भएको थियो ।

प्रकाशित : २७ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६