कपिलवस्तु, पुस २७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर समितिले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । राप्रपाका स्थानीय तथा प्रदेशका नेताहरुले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । मंगलबार आज पृथ्वीजयन्तीको अवसरमा (राप्रपा) बाणगंगाको कार्यालयमा आयोजित उक्त कार्यक्रममा पार्टीका नगर अध्यक्ष गिरीराज कडेंल, कपिलवस्तुको क्षेत्र नं. १ (क) उपाध्यक्ष राम बहादुर थारु, क्षेत्रीय अध्यक्ष प्रकाश भूसाल, जिल्ला उपाध्यक्ष चन्द्रमणी भण्डारी लगायतले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेका हुन् । यस्तै कपिलवस्तुको कृष्णनगर, शिवराज र कपिलवस्तु नगरपालिकामा पनि मोटरसाईकल ¥यालि सहित विभिन्न कार्यक्रम गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको छ । मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्ने कार्यक्रमका बोल्ने व्यक्ताहरुको विश्वास छ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायणको जन्मजयन्ती आज मंगलबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०० औं जन्म जयन्ती मनाइएको हो । कार्यक्रम क्षेत्र नं. १ (क) का उपाध्यक्ष राम बहादुर थारुको प्रमुख आतिथ्यता, क्षेत्रीय अध्यक्ष प्रकाश भूसालको विशिष्ट आतिथ्यता, नगर अध्यक्ष गिरीराज कडेंलको अध्यक्ष रहेको कार्यक्रम वडा नं.१० का वडा कमिटि अध्यक्ष राम लखन चौधरीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य ध्रुब रायमाझि सहित जिल्ला नेताहरुको सहभागि सहभागिता रहेको थियो ।
यसैविच पृथ्वी जयन्तीको अवसर पारेर विगत जस्तै कपिलवस्तुको बाणगंगामा रहेको बाणगंगा वेयलफेर सोसाईटिले विभिन्न कार्यक्रम गरेको छ । क्लवका अध्यक्ष राज कुमार खाँणले मंगलवार (आज) ४ नं चोकमा दिप प्रज्वनन , तस्वीरमा माल्यणपणर् गर्दौ एकताको सन्देश सहित कार्यक्रम गरि एकता संन्देस दिएको बताएका छन् । सो अवसरमा उनले सवै नेपालीको उचो राख्नेगरि पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरेको स्मरण सहित मोटरसाईकल ¥यालि गरिएको थियो । कार्यक्रममा बाणगंगाका करिव एक दर्जन सस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो ।
सोही अवसर स्वतन्त्र नागरिक समाज नेपाल बाणगंगा नगरपालिका ८ ले गरेको कार्यक्रममा सायैं मनिसहरुले एकबद्धता जहेर गरेका छन् । त्यस्तै कपिलबस्तुको बाणगंगामा विभिन्न स्थानमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहालाई भुल्न नहुने भन्दै कार्यक्रको अयोजना गरेको आयोजकले जनाएको छ ।
बाणगंगा नगरपालिका वडा ८ का वडा अध्यक्ष गुणनीधि भुसालले राष्ट्र निर्माता पृथ्वीनारायण शाहालाई भुल्न नहुने बताउँनुभयो । उहाँले पृथ्वी विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माणमा ठुलो योगदान भएको भन्दै राष्ट्रपित पृथ्वीनारायणको योगदानलाई सधै स्मरण गर्नुपर्ने औल्याउनुभो । त्यस्तै बोर्डगाउँमा आयोजित २९९ औं कार्यक्रममा नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा ८ का वडा सभपती जगन्नाथ भण्डारीले पृथ्वी जयन्ती युवाहरुले भुल्न नहुने बताउँनुभयो उहाँले राष्ट्र निर्मतालाई भुल्न नहुने भन्दै स्वतन्त्र नगरिक समजले राम्रो काम गरेको बताउँनुभयो । त्यस्तै पृथ्वी जयन्ती कार्यक्रममा नेकाप एमालेका वाणगंगा ८ का वडा अध्यक्ष गिता भुसाल, दुर्गा अर्याल, सीता भट्टराई आचार्य, सक्रन्ती थारु, राम प्रसाद पौडेल, हरि मल्ला दिवस घिमिरे, सन्त बहादुर क्षेत्री, दामेदर पोख्रेल लगायत सयौंले एकबद्धता जहेर गर्दै उपस्थिति जनाएका थिए ।
प्रतिक्रिया