काठमाण्डौ २७ पुस । तालिवानले सत्ता कब्जा गरेपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन् । अफगानिस्तानको पत्रकार फाउन्डेसका अनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने उनिहरूमध्ये ७९ प्रतिशतले आफ्नो रोजगारी गुमाएका छन् । जिविकोपार्जनका निम्ति अन्य पेशाको सहारा लिन वाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ ।
त्यसअघि अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक सङ्कटका कारण बन्द भएको तथ्याङ्कले देखाएको छ ।केही पत्रकारहरूले आफ्नो आर्थिक स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै धेरै मिडिया आउटलेटहरूले हालसालै सञ्चालन रोकेकाले आफ्नो जागिर गुमाएको उल्लेख गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले खवर लेखेका छन् ।
प्रतिक्रिया